0
गोल्डेन न्यूज संवाददाता
अन्तराष्ट्रिय श्रमिक महिला दिवस पोखरामा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवसको अवसरमा रेडियो अन्नपूर्णले ‘स्थानीय तहको चुनावमा महिला सहभागीता’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले स्थानिय तहको चुनावमा महिलाले नेतृत्व लिन सक्ने बताएका थिए । उनीहरुले जुनसुकै क्षेत्रमा महिला सक्षम भएकोले स्थानिय तहको नेतृत्वको जिम्मेवारी महिलालाई दिनुपर्नेमा जोड दिएका हुन्।  कार्यक्रममा बोल्दै सांसद शारदा पौडेलले संविधानमा व्यवस्था गरे अनुसारको महिलाको अधिकार कार्यान्वयनमा ल्याउन सबै  महिलाहरु एकजुट भएर लाग्नू पर्ने बताइन । अर्का सांसद सीता गिरीले महिलाहरुले बिगतमा गरेको संघर्षका कारण प्राप्त भएका हक अधिकार लाइ संस्थागत गर्न स्वयं महिला नै सचेत हुनुपर्नेमा जोड दिइन । नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले ५० प्रतिशत भन्दा बढी महिला मतदाता रहेको ठाँउमा महिलाले पनि स्थानीय निकायको निर्वाचनमा मेयरको नेतृत्व लिन सक्ने बताइन । उनले मेयर र उपमेयर मात्र होइन गाउँपालिकाको प्रमुखमा पनि महिलाहरुको दाबेदार रहने दाबी गरिन् ।  कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय सचिब सृजना शर्मा, एमाले जील्ला उप–सचिव प्रभा कोइराला, नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य नम्रता बराल, नेकपा एमाले जिल्ला कमिटीका सदस्य तथा अखिल नेपाल महिला संघ जिल्ला कमिटी सदस्य सन्तु सुवेदी, राप्रपाका पूजा शाह, संघीय समाजवादीकी रत्न भट्टचन, नयाँ शक्ति पार्टी, महिला शक्तिका कास्की जिल्ला संयोजक लक्ष्मी खाँती परियार, फेडो कास्कीका सञ्चार तथा सूचना अधिकृत सरिता गायक अधिवक्ता तथा दलित महिला समाज नेपालका अध्यक्ष विनिता नेपाली, नयाँ शक्ति पाटी लगायतले स्थानीय तहको चुनावमा महिलाले नेतृत्व तहमा उम्मेदवारी दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अधिकारकर्मी चमेली खाँती दर्जीले ‘स्थानीय तहको चुनावमा महिला सहभागिता’ विषयमा अवधारणा पत्र प्रस्नुत गरेकी थिइन। रेडियोका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए। रेडियो अन्नपूर्णकी सरस्वती गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक सरिता तिमिल्सना पगेँनीले गरेकी थिइन ।

यसैगरी महिला दिवसको उपलक्षमा बुधबार पोखरामा तीनवटा संस्था र एक व्यक्तिलाई सम्मान गरिएको छ । महिलाहरुको सशक्तिकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै कोपिला नेपाल पोखरा, ज्योति महिला विकास तथा वचत सहकारी संस्था आर्वाविजय,सकृय महिला विकास वचत तथा ऋण सहकारी संस्था पुम्दी–भुम्दी तथा व्यक्तितर्पm कास्कीको ढिकुरपोखरीमा अवस्थित दिगो महिला विकास वचत तथा ऋृण सहकारी संस्थाका संचालक राधा कुँवरलाई सम्मान गरिएको छ । महिला दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा महिला सांसदद्वय शारदा पौडेल र सीता गिरी ओलीले उनीहरुलाई सम्मान गरेका हुन् । 
मूल समारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद शारदा पौडेल, अर्का सांसद सीता गिरी ओली, नेकपा एमालेका अध्यक्ष कृष्ण थापा, नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी, पोखरा विश्वविद्यालयका सह–प्रशासक रजनी केसी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 
र मिलिजुली बचत तथा ऋण सहकारी याङ्जाकोटको संयुक्त आयोजनामा कार्यक्रममा भएको हो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समिति थुमाकोडाँडाका अध्यक्ष नारायण गुरुङले अबको समय महिला जागरणको समय भएको भन्दै महिलाहरु आप्mनो अधिकारका लागि गाउँगाउँबाट उठनुपर्ने र एकजुट हुनुपर्नेमा जोड दिए। 
कसेरी–भैसे–थुमाकोडाडा ग्रामिण मोटर बाटो निर्माण समितिका अध्यक्ष देवीजंग गुरुङले महिलाहरु आप्mनो क्षमता अभिवृद्धिमा आफै लाग्नुपर्ने बताए ।
यसैगरी नारी दिवसको अवसरमा रेडियो सफलताको सहकार्य र  मिलेर हामी सक्छौ संस्थाको आयोजना नेतृत्व विकास तालिम सम्पन्न भएको छ । तालिममा पोखरा बिज्ञान तथा प्रविधि क्याम्पसमा स्नातक तहमा अध्यनरत १५  छात्रा विद्यार्थी सहाभागी थिए । आफ्नो समाज र आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै अगाडि बढ्न तालिम उपलब्धी मुलक भएकाले सिकेका कुरा ब्यबहारमा उतार्ने सहभागी हरुले प्रतिबद्धता गरे । तालिमको सहजीकरण रेडियो सफलताका कार्यक्रम संयोजक मधु अधिकारीले गरेकी थिइन।
यसैगरी  राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष तथा पुन समाज नेपालका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख जयलाल पुनले जन्म दिने आमा र जुन देशमा जन्मियो त्यही देशको मातृभूमिलाई माया गर्दैनौं भने त्यो देशको सभ्य नागरिक हामी हुन नसक्ने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीले १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको नारी दिवस समारोहमा बोल्दै पुनले नेपाली नारीहरुको आफ्नै कमाइबाट बाँच्न सक्ने आत्मनिर्भर जबसम्म हुँदैनन् तबसम्म महिलाहरुको अधिकारले पूर्णता नपाउने बताए । उनले स्थानीय चुनावमा महिलाहरु अगाडि बढी पार्टीलाई पहिलो पार्टी बनाउन आग्रह गरे ।
कार्यक्रममा विशेष अतिथि केन्द्रीय सदस्य डा.भीमसेन गुरुङ्ग, जिल्लाका सल्लाहकार जेवि कुँवर, पार्टी उपाध्यक्षहरु विष्णुप्रसाद पोखरेल, बरुणबिक्रम राणा, हरिदेवी अधिकारी, नगर अध्यक्ष रमेश बहादुर खत्री, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग, सहसचिव धनुमाया कोइराला, जिल्ला सदस्य मिना सुवेदी, महिला केन्द्रीय सदस्य इश्वरी बैरागी, समाजसेवी मिरा श्रेष्ठ, सुष्मा त्रिपाठी लगायतले महिला हकहित सधैं लड्ने र सबैलाई आफ्नो स्थान दिने राष्ट्रको एक मात्र पार्टी भएको बताउँदै सबैले यसमा सहयोग गर्नुपर्ने बताए। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्की अध्यक्ष कृष्ण कुमारी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम सचिव विष्णु खत्रीले संचालन गरेका थिए । 
यसैगरी परिवर्तनका लागि साहसी बन भन्ने मुल नाराका साथ  पोखरा सार्वजनिक पुस्तकालय अमेरिकन कर्नर, महेन्द्रपुलमा नारी दिवस सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन बिभिन्न कलेजका विद्यार्थीहरुबिच बर्तमान नारीको अवस्था भावी चुनौती को बिषयमा अन्तर्कृया सम्पन्न भएको थियो भने दोश्रो दिन फिमेल लिङ्कन लर्निङ सेन्टर अफ्गानिस्थानसँग महिलाको स्थितीस् अवसर र चुनौती बिषयक भिडियो सम्बाद भएको थियो ।
उक्त अवसरमा  सहभागीहरुले आ(आफ्नो देशको महिलाको  अवस्थाको शैक्षिक, आर्थिक, राजनैतिक लगायतका बिषयमा बोलेका थिए भने बिभिन्न बिषयमा प्रश्नोत्तर समेत चलेको थियो । 
 त्यस्तै पुस्तकालयमा भएको तेश्रो कार्यक्रम लैङिक समानता बिषयक अन्तक्र्रिया सम्पन्न भएको छ । बिभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु बीच सम्पन्न अन्तक्र्रिया कार्कक्रमको सहजिकरण पुस्तकालयका सूचना अधिकृत रामचन्द्र कार्की र ईंग्लिश ल्याङग्वेज फेलो स्टेल वासन गरेका थिए ।
यसैगरी नेपाल प्रेस सोसाइटीले प्रथम स्थापना दिवस मनाएको छ । बुधबार काठमाडौं, पोखरा लगायतका ठाउँमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो । सोसाइटीले काठमाडौंमा चियापान गरेको छ भने पोखरामा शुभकामना आदानप्रदान तथा पत्रकारलाई आर्थिक सहयोग गरेको छ । बुधबार बिहान शुभकामना आदानप्रदान गरेको सोसाइटी कास्की शाखाले बेलुका दुर्घटनाबाट घाइते भइ उपचाररत पत्रकार नारायण शाहीलाई आर्थिक सहयोग गरेको हो । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सोसाइटी कास्की अध्यक्ष सञ्जय मल्ल र नयाँ शक्ति केन्द्रीय परिषद सदस्य भानु अधिकारीले पत्रकार शाहीलाई उपचार सहयोगार्थ १५ हजार रुपैयाँ हस्तान्तरण गरे ।







Post a Comment

 
Top