0
रामेश्वरी मावि पोखरा १४ मझेरीपाटनको ५२ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि निमित्त जिशिअ दिपेन्द्र ढकालले उद्घाटन गर्दै विद्यालयको प्रशंसनीय उपलब्धि हासिल गरेको भन्दै प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताए ।  त्यसैगरि पोखरा उप–महानगरपालिका कार्यालयका कार्यकारी प्रमुख नवराज ढुङ्गानाले विद्यालयले व्यवहारिक शिक्षालाई महत्वका साथ अगाडि बढाएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै विद्यालयको उत्तरोत्तर प्रगतिको लागि कामना गरेका थिए। 
विद्यालयका प्रअ तुल्सीप्रसाद चापाँगाईले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयलाई उल्लेखनिय योगदान पु¥याउने भुपु शिक्षक अग्नि अधिकारी, नारायण प्रसाद आचार्य, नवराज पराजुली, समाजसेवी वोधराज वराल, शिवराज कँडेल, राम कार्कीलाई सम्मान गरिएको थियो । सो अवसरमा अभिभावकको तर्फबाट शिक्षाप्रेमी सुवेदार केशरबहादुर गुरुङ, शिबराज कँडेल, पार्वती ढुङ्गाना, वलबहादुर सेन्चुरी, वोधबहादुर कार्की, श्रोत व्यक्ति शिवराज सापकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए भने शैक्षिक तथा अतिरिक्त कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुले विभिन्न लोक संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रस्तुत गरेका थिए ।


Post a Comment

 
Top