0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत नवलपुरको कावासोतीमा शनिबार  सभा हुँदैछ । यो सभा सबै भन्दा ठूलो हुने दाबी एमालेको छ । आम सभामा  प्रदेश नं. ४ का १० जिल्लाका कार्यकर्ताहरु आउने भएका छन्  । एमाले प्रचार विभाग प्रदेश नं. ४ ले शुक्रबार कावासोतीमा गरेको पत्रकार भेटघाटमा यस्तो जानकारी गराइएको हो ।  शुक्रबार हेटांैडाबाट सुरु हुने अभियान शनिबार  दिउँसो  एक बजे गंैडाकोट आउने र त्यही टोली कावासोती आउने एमाले  स्थायी कमिटीका सदस्य एवं प्रदेश नं. ४ का संयोजक किरण गुरुङले जानकारी दिए  ।  गैंडाकोटबाट १ हजार साना हल्का सवारी, १ हजार ५ सय  मोटर साइकल, दर्जनौंको संख्यामा बसको ¥याली हुनेछ । प्रदेश नं. ४ का १० जिल्लावाट ठूलो संख्यामा सहभागिता हुने यो सभा अहिले सम्मकै नवलपुरको ठूलो सभा हुने गुरुङले जनाए । सभामा ५० हजार एमाले कार्यकर्ता मात्रै  सहभागी हुनेछन् । संविधानले दिएको अधिकार अनुसार नै पार्टीले कार्यक्रम गर्दा पेटूोल बम प्रयोग गर्नेलाई एमालेले कुनै पनि हालतमा नछाड्ने उनको भनाइ थियो । मुख दर्शक बनेर यस्ता अतिवादी र विखण्डन कारीलाई सहयोग पुग्ने भएकोले नेपाली नागरिकले त्यस्ताको विरोधमा एकतावद्ध भएर लाग्न आव्हान गरे । 
कसैको बन्द हड्तालले कार्यक्रमलाई असर  गर्दैन संयोजक गुरुङले भने ‘एमालेको कार्यक्रमको विरोध गर्न पाइन्छ तर रोक्छु भन्न पाइँदैन, रोक्छु भन्ने कुरा अलोकतान्त्रिक हो । पत्रकार सम्मेलनमा प्रदेश नं. ४ का प्रचार विभाग प्रमुख जगत विश्वकर्माले एमालेको कार्यक्रममा सबै नवलपुर वासीले उत्साहका साथ सहभागी हुने बताएको र पार्टीले तयार गरेको ३० वटा समिति र २ सय भन्दा बढी अभियन्ता घर घरमा पुग्दा न्यानो स्वागत पाएको बताए। यसले एमालेले ठूलो व्यापकता पाउने विश्वकर्माको भनाइ थियो ।




Post a Comment

 
Top