0
गोल्डेन न्यूज संवाददाता
जापानमा प्रधान कार्यालय स्थापना गरी सेवाररत वीस एजुकेशनल कन्सल्टेन्सीले पोखरामा शाखा खोलेको छ । पोखराको सिर्जनाचोकमा स्थापित ब्राञ्चको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख शिक्षासेवी गणेशबहादुर गुरुङले शाखाको शुभारम्भ गरेका हुन् । प्रमुख अतिथि गुरुङले वैदेशिक अध्ययनमात्रै नभई रोजगारका लागि समेत जापान पछिल्लो समय अधिकांशको रोजाई बन्ने गरेको बताए । उनले सही परामर्श विना त्यहाँ पुग्दा कतिले सोचे अनुसार काम नपाउने, पढ्न नसक्ने अवस्था भएकाले त्यहाँ जानुपूर्व नै आवश्यक जानकारी लिनुपर्ने खाँचो औंल्याए। उनले यस कन्सल्टेन्सीले सही परामर्श दिएर नेपाली युवाको भलो गर्नेमा आफू ढुक्क रहेको बताए । नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरामा झण्डै दशक अवधि पत्रकारिता क्षेत्रमा लागेका आफ्ना सहकर्मी समेत रहेका मोहन घलेले जापानमा पाँच वर्षको अनुभवपछि व्यवसाय सुरु गरेकोमा शुभेच्छा प्रकट गरे । उनले विदेशमा रहँदा सिकेका ज्ञान र सीपलाई स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड दिए । अग्रज सञ्चारकर्मी सरस्वती गुरुङले उच्च शिक्षाका लागि जापान जाने नेपाली विद्यार्थीहरुको सख्ंया बढिरहेको बताईन् । उनले सही परामर्शबाट मात्र सही स्थान पहिचान हुने भएकाले सेवामुखी भएर कार्य गर्न सुझाव दिईन् । कन्सल्टेन्सीका प्रबन्ध निर्देशक मोहन घलेले जापानमा रहँदा धेरै जना नबुझीकन आउने र दुःख पाउने गरेकाले दुवै देशमा परामर्श केन्द्रका रुपमा व्यवसायलाई सञ्चालनमा ल्याएको जनाए । उनले पत्रकारिता क्षेत्रमा लामो समय भिजेको कारण वीशुद्ध व्यवसायमा मात्र आफ्नो लगाव नभएको स्पष्ट पार्दै सेवाभावले पनि प्रेरित भएको उल्लेख गरे । जापानको टोकियोमा बिगत ५ वर्षदेखि वीश सञ्चालनमा छ । जापानिजहरु नै त्यहाँ कार्यरत रहेको घलेले जनाए । प्रिन्सिपल जितेन शेरचनले जापानमा अध्ययन तथा कामका लागि जाने सम्पूर्णलाई आवश्यक पर्ने पूर्वतयारीदेखि त्यहाँ पुगिसकेपछि पनि सम्पूर्ण प्रक्रिया कन्सल्टेन्सीमार्फत नै हुने बताउँदै सुरक्षाको पूर्ण ग्यारेन्टी रहने बताए । जापानमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी वीशको शाखा पोखरामा स्थापना गरिएको जानकारी दिए । डाईरेक्टर एनी शेरचनले यहाँको विद्यार्थीका लागि उपयुक्त, सुहाउँदो करिब १० युनिभर्सिटीमा सिफारिस गर्न सक्ने उल्लेख गर्दै त्यहाँ पुगेपछि पनि विद्यार्थीसँग सम्पर्कमा रहने बताईन् । उनले जापानका लागि मात्र विद्यार्थी लैजाने भएकाले विद्यार्थीलाई त्यहाँको सम्पूर्ण शिक्षा प्रणालीका बारेमा परामर्श प्रदान गर्ने बताईन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एवं पत्रकार महासंघ कास्की कोषाध्यक्ष सञ्जय मल्लले गरेका थिए ।

Post a Comment

 
Top