0
गोल्डेन न्यूज संवाददाता
पोखरा १३ चैत्र ।
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी भएका विद्यार्थीहरुलाई प्रजातन्त्रवादी प्राध्यापक संघले एक कार्यक्रमका बीच बधाई र सम्मान ग¥यो । कार्यक्रममा स्ववियुमा नेविसंघको तर्फबाट निर्वाचित अध्यक्ष आशिष गुरुङसहित अन्यलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता तथा क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष देवराज चालिसेले कांग्रेसले अझैसम्म पनि आमसर्वसाधारणलाई आकर्षित गर्न नसकेको भएपनि कम्युनिष्टलाई मन नपराउनेहरुले कांग्रेसकै पक्षमा मत दिने गरेको बताए ।
उनले जनप्रिय क्याम्पसमा नेविसंघको विजय भएपनि कम्युनिष्ट नेताहरुले आफूसमक्ष अब अखिलका विद्यार्थीहरु भर्ना गर्न समेत नआउने बताएका जानकारी दिए। चालिसेले कांग्रेस र नेविसंघको नेतृत्व लिन चाहनेहरुमा योग्यता र क्षमतासंगै दूरुदृष्टि हुनुपर्नेमा जोड दिए । क्याम्पस संचालक समितिका अर्का पूर्व अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले स्ववियुको निर्वाचनमा नेविसंघलाई जिताए जस्तै गरि सबै कांग्रेसहरु एकजुट भएर स्थानीय निकायको निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिए ।
क्याम्पस संचालक समितिका अध्यक्ष इन्द्र कुँवरले क्याम्पसलाई नमूना क्याम्पसको रुपमा विकास गर्न पहल भइरहेको बताए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले एक चरणमा प्राप्त गरेको सफलतालाई नै सर्वोपरि नठान्न र आगामी दिनमा समेत सफलता मिल्ने गरि काम गर्न आग्रह गरे ।
स्ववियुका नवनिर्वाचित अध्यक्ष आशिष गुरुङले निर्वाचनका क्रममा खर्च भएको रकमको व्यवस्था गर्न पार्टी नेतृत्वलाई आग्रह गर्दै निर्वाचनमा कांग्रेस र नेविसंघले जित्यो भनेर गर्व गर्नेहरुले आर्थिक रुपमा समेत सहयोग गर्नुपर्नेमा जोड दिए ।
प्रजातन्त्रवादी प्राध्यापक संघ जनप्रिय इकाइका अध्यक्ष कृष्ण बाबु बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्ववियुमा निर्वाचत अध्यक्ष गुरुङ, नेविसंघ का केन्द्रीय सदस्यहरु, पुनम भट्ट, भानु ढकाल र देवकृष्ण पराजुली, नेपाल महिला संघका क्षेत्रीय सभापति शारदा गिरी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति विजयराज आचार्य, कास्की कांग्रेसका जिल्ला सदस्य नविन सिग्देल, प्राध्यापक संघका संस्थापक अध्यक्ष देवीलाल शर्मा, कार्यक्रम संयोजक नरेश बराल र सचिव गणेश चालिसे लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top