0
गोल्डेन न्यूज संवाददाता
रोटरी क्लब अफ पोखरा लेकसाइडको चार्टर प्रिजेन्टेसन सेरेमोनी पोखरामा सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल ३२९२, नेपाल–भुटानअन्तर्गतको रोटरी क्लब अफ पोखरा लेकसाइड गत जनवरी ५ मा चार्टर्ड भएको हो । पाँचतारे होटल ग्राण्डमा भएको समारोहमा नेपालको पहिलो डिष्ट्रिक्ट गभर्नर जयाराज्य लक्ष्मी शाहले चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठलगायत ४७ जना चार्टर मेम्बरलाई रोटरीको पिन हस्तान्तरण गरी कार्यकालको सफलताको शुभकामना दिइन् । उक्त कार्यक्रममा असिस्टेन्ट गभर्नर हरिसिंह गुरुङले क्लब अध्यक्ष श्रेष्ठलाई र अध्यक्ष श्रेष्ठले क्लबका सम्पूर्ण चार्टर मेम्बरलाई सपथ खुवाएका थिए । फस्ट लेडी शुभ श्रेष्ठले स्पाउजलाई फूल गुच्छा प्रदान गरिन् । प्रमुख अतिथि शाहले सेवाकै लागि रोटरी स्थापना भएको उल्लेख गर्दै रोटरीको मूलमन्त्र कहिल्यै नबिर्सन सुझाव दिइन् । पूर्व डिष्ट्रिक्ट गभर्नर दिलेन्द्रराज श्रेष्ठले रोटरीको पहिचान सधैँ गरिमामय बनाउनुपर्ने भन्दै छविमा आँच आउने काम गर्न नहुने बताए ।
निवर्तमान डिष्ट्रिक्ट गभर्नर केशव कुँवरले तडकभडकभन्दा परिणामुखी काममा समय दिनुपर्ने बताए । गभर्नर इलेक्ट सञ्जय गिरीले रोटरीको महत्वबारे प्रकाश पारे । डिष्ट्रिक्ट गभर्नर नोमिनी चिन्तामणि भट्टराईले सैद्धान्तिक आधारमा जोड दिँदै व्यक्तिगत स्वार्थबाट माथि उठेर काम गर्नुपर्ने बताए । पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले सम्झनलायक काम गर्नुपर्ने बताए । रोटरी क्लब अफ पोखरा न्यूरोडका सदस्यसमेत रहेको श्रेष्ठले भूकम्पको बेला रोटरीको योगदान अतुलनीय भएको चर्चा गर्दै रोटरी पोखरा लेकसाइड मोडल बन्नुपर्ने सुझाव दिए । क्लबका चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठले रोटरियनमा नम्रता, इमान्दारी, सहनशील र सहयोगको भावना हुनुपर्ने बताए । २० वर्षदेखि रोटरीमा आवद्ध उनले आफूले जे जति सिके, सबै रोटरीमा लाग्दा सम्भव भएको बताए । उनले चार्टर मेम्बरको परिचयसमेत गराए । क्लब सल्लाहकार एवं रोटरी क्लब अफ पोखरा फिस्टेलका पूर्वअध्यक्ष विनोद कोइरालाले पदस्थापन प्रक्रिया अघि बढाउँदै रोटरीको महत्व र यसले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे । उनले आफ्नो क्लबले स्पोन्सर गरेको क्लब पोखरा लेकसाइडको सफलताको कामना गरे । कार्यक्रममा स्पोन्सर क्लब रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष नरबहादुर गुरुङ, रोटरी पोखरा लेकसाइड क्लबका सदस्य ऋषिराम सापकोटा, क्लबका प्रेसिडेन्ट इलेक्ट भगतकुमार श्रेष्ठ, रोटरी फिस्टेलका इलेक्ट प्रेसिडेन्ट लक्ष्मी थापालगायत बोलेका थिए । उक्त अवसरमा क्लबले प्रकाशन गरेको ‘द फेवा’ स्मारिका विमोचन गरिएको थियो भने साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत भएको थियो ।

Post a Comment

 
Top