0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नंं.९ स्थित गणतान्त्रिक टोलमा गणतान्त्रिक समाजघरको शिलान्यास एक कार्यक्रमका बीच सम्पन्न भयो । कार्यक्रममा वडा नागरिक मञ्च पोखरा–९ की संयोजक सरु श्रेष्ठले समाजघरको शिलान्यास गर्दै विकासबाट नै समाजलाई सबृद्धतर्फ उन्मुख गराउन सकिने बताइन् । उनले सम्पूर्ण टोलबासीहरुको एकताले नै यस्ता विकास निर्माण हुने भएकाले सबै एकजुट हुन आग्रह गरिन् ।  उनले समाजघर निर्माणको लागि व्यक्ति तर्फबाट ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेकी थिइन् । कार्यक्रममा नेकपा एमाले वडा कमिटी ९ का अध्यक्ष प्रकाश शर्माले सुकुम्बासीका क्षेत्रमा पनि विकास निर्माणको लहर छाउँदै गरेको अवस्थामा सबैले हातेमालो गरेर साथ दिनुपर्ने बताए । कार्यक्रममा पार्वती टोल विकास संस्थाका अध्यक्ष आश बहादुर विक, शुभकामना टोल विकास संस्थाका अध्यक्ष नन बहादुर श्रेष्ठ, पत्रकार श्रीराम सिग्देल, समाजसेवी विरेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गणतान्त्रिक टोल समाज घर निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भीम नेपाली र कार्यक्रमको संचालन प्रेम गुरुङ्गले गरेका थिए । नेकपा एमाले कास्की क्षेत्र नं.३ का सांसद रविन्द्र अधिकारी मार्फत सांसद विकास कोषको २ लाख रुपैयाँ समाजघर निर्माणको लागि छुट्टिइसकेको अवस्थामा विभिन्न संघ–संस्थाहरुबाट पनि आर्थिक सहयोगबाट सो भवन निर्माण हुने उपभोक्ता समितिले जानकारी दिएको छ ।

Post a Comment

 
Top