0
गोल्डेन न्यूज संवाददाता
पोखरा, १७ फागुन ।
पोखरा उपमहानगरपालिका– २७ हेम्जामा आठौँ हेम्जा आलु महोत्सव हुने भएको छ ।
 ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ नाराका साथ विष्णुपादुका क्लबको आयोजना यही फागुन २३ गतेदेखि सो महोत्सव हुन लागेको हो । विष्णु पादुका खेलमैनामा हुने उक्त महोत्सव अगामी चैत १ गतेसम्म चल्ने छ । महोत्सवमा आलु प्रदर्शन, आलुका विभिन्न परिकार, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा साङ्गितिक समूहको प्रस्तुति, विभिन्न कृषि बीउ बिजनको समेत प्रदर्शनी गरिने क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिनुभयो । महोत्सवमा १०४ वटा कक्ष राखिने छ । हेम्जामा गत वर्ष ९ हजार ५७५ मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष पनि त्यसैको हाराहारीमा उत्पादन हुने अनुमान गरिएको नमुना कृषि सेवा केन्द्र हेम्जाका प्राविधिक सहायक गुरूप्रसाद अर्यालले बताउनुभयो । हेम्जाको करिब ६५० हेक्टर जग्गामा आलुखेती गरिन्छ । यहाँका ६०० भन्दा बढी कृषकले व्यावसायिक रूपमा आलुखेती गर्दैआएका छन् । आलुखेतीका लागि कृषकले करिब रु तीन करोडको कुखुराको मल चितवनवाट ल्याउने गरेका छन् । गत वर्ष किसानले रु १३ करोडको आलु बिक्री गरेका थिए । रासस




Post a Comment

 
Top