0
गोल्डेन न्यूज संवाददाता
डढेलो नियन्त्रण तथा ब्यवस्थापन सम्वनधी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार पोखरा लेखनाथ–३१ को पचभैयामा सचेतनामूलक कार्यक्रम सम्पन्न भयो । जिल्ला वन कार्यालय कास्कीको आयोजनामा भएको सचेतनामूलक ¥याली बेगनासताल बसपार्कमा पुगी कोण सभामा परिणत भएको थियो ।  विद्यार्थी, वन उपभोक्ता समितिका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानीय क्लवका पदाधिकारीहरु सहितको ¥यालीलाई सम्बोधन गर्दै जिल्ला वन कार्यालय कास्कीका प्रमुख जिल्ला वन अधिकृत केदार बरालले वनजंगल लाई डढेलो लाग्नबाट बचाउन हामी सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले वनजंगलमा लाग्ने डढेलोले वनलाई नष्ट गर्दै त्यसबाट निस्कने कार्वन ग्यासले आम जनमानसमा समेत असर गर्ने भएकाले डढेलो लाग्नबाट बचाउनुपर्ने र डढेलो लागेको खण्डमा तत्काल नियन्त्रण गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।  अमरसिद्ध माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दामोदर भक्त थापाले वनजंगल जोगाउनु हामी सबैको कर्तब्य रहेकाले यसको संरक्षणमा ध्यान दिंदै डढेलो लाग्नबाट जोगाउनुपर्नेमा जोड दिए । पोखरा चिडियाखाना निर्माण समितिका अध्यक्ष हिमालय बख्रेलले हरियो वन नेपालको धनमात्र नभइ विश्वकै धन भएको बताए ।  वन हरित फोक्सो भएको भन्दै उनले विश्व बजारमा तीन खर्ब तीस अर्व युएस डलरको कारोवार हुने वनजन्य पदार्थको ब्यापारमा नेपालको वनको पनि महत्वपूर्ण भूमिका रहने भएकाले त्यसका लागि वनलाई डढेलोबाट जोगाउनुपर्नेमा जोड दिए । 

युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले नेपालको वनलाई जोगाउन सके प्राकृतिक चिजहरुको संरक्षण हुने र त्यसबाट मानिसले मनग्य फाइदा लिन सक्ने बताए ।  पौरखी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश सापकोटाले वन डढेलो जोगाउने सम्वन्धी सचेतनामूलक कार्यक्रमले आफूहरुलाई वनमा डढेलो लाग्न नदिनका लागि र लागेको खण्डमा कसरी नियन्त्रण गर्ने भन्नेमा थप उर्जा थपेको बताए । सचेतनामुलक कार्यक्रममा जिल्ला वन कार्यालय कास्कीका कर्मचारी, अमरसिद्ध माबिका विद्यार्थी, युनाइटेड क्लव पोखराका पदाधिकारी, पोखरा चिडियाखाना निर्माण समितीका पदाधिकारी, चैनपुर, चायापानी चिसाकुना, पचभैया र पौरखी  सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु को सहभागीता रहेको थियो । सो अवसरमा जापान सरकारबाट प्राप्त डढेलो नियन्त्रण सामाग्री पचभैया वन उपभोक्ता समितिका अध्यक्ष मोहन घिमिरेलाई जिल्ला वन अधिकृत केदार बरालले हस्तान्तरण गरेका थिए । चेत्र १ देखि ७ गतेसम्म जिल्ला वन कार्यालयले वन डढेलो नियन्त्रण तथा ब्यवस्थापन सम्वन्धी सप्ताहब्यापी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । यसैबीच हिउँदको समयमा वनजंगलमा हुने गरेको डढेलो नियन्त्रणका लागि पोखरेली अभियान्ताहरु जुटेका छन् । हिँउदमा हुने चर्को खडेरी र गर्मीका कारण हुन सक्ने डढेलोले वन र वन पैदावार लगायत वन्यजन्तुहरु समेत प्रत्यक्ष प्रभावित हुने भएकाले पूर्व सचेतनाका लागि उनीहरुले अपिल समेत गरेका छन् । उनीहरुले सामाजिक संजाल फेसबुकमा ‘वन डढेलोको नियन्त्रण जैविक विविधताको संरक्षण, वन डढेलो हुनबाट बचाआंै, बहुमूल्य जडिबुटी र काठ नष्ट हुन नदिऔँ’ लगायतका नाराहरु बोकिएको फोटाहरु पोष्ट गरेका छन् ।





Post a Comment

 
Top