नुन, संसारभरका मानवजातिहरुका लागि अत्यावश्यक उपभोग्य वस्तुको रुपमा प्रयोग भइरहेको छ । गहिरो अध्ययन नगर्दा पनि राजनीतिक अर्थशास्त्रको भाषामा हामी के भन्न सक्छौं भने सबै भूगोल, जात, वर्ण, उमेर समुहका मानिसहरुको जिब्रोको स्वादमा बसेको नुनको उत्पादन, वितरण र उपभोगमा संसारमा विभिन्नखाले राजनीतिक दाउपेच र आर्थिक फाइदा, वेफाइदा पक्कै थिए र छन् । नुन रोडको विश्व सन्दर्भलाई हेर्ने हो भने पर्याप्त मात्रामा पूर्वाधारको विकास नहुँदैको अवस्थामा मानिसहरु आफैंले वा पशुबाट बोकाएर खानीबाट उत्पादित नुनलाई घरेलु वा अन्तरराष्टिूय बजारसम्म पुर्यारउन इतिहासमा विश्वका कुनाकुनामा साल्ट रोडहरु थिए, आज तिनै साल्ट रुटहरुको जगमा विकसित सडक, रेल्वे र सामुद्रिक मार्ग निर्माण भएका रोचक तथ्यहरु हाम्रा अगाडि छन् । साल्ट रोड, नुनको व्यापारिक प्रयोजनका लागि यसको ओसार–पसार गर्ने ऐतिहासिक मार्ग हो ।हुन त नेपाली समाजमा नुनका बारेमा निकै घतलाग्दा मिथकहरु छन् । नुनको सोझो गर्नु, नुनको पैचों घिउले तिर्नु आदि । यी मिथकहरुका आफ्नै अर्थहरु पनि छन् । तर, यहाँ साल्ट रोडको विश्व सन्दर्भ र मिथकहरुको नेपाली अर्थ नभएर नेपालको साल्ट रुट र यसले नेपाली समाजमा पारेको अर्थराजनीतिका केही पक्षहरुलाई यहाँ उल्लेख गर्न खोजिएको छ ।
नेपाली अन्तराष्टिूय र घरेलु साल्ट रुट
नेपालमा नुन खानीहरु छन् । केही दशक अगाडि मुस्ताङमा रहेको नुनखानी उत्खनन र उत्पादन भएको अपुष्ट समाचारहरु आए पनि इतिहासदेखि आजसम्म नेपालमा नुन उत्पादन भएको छैन । त्यसैले नेपाली आवश्यकतालाई धान्ने नुनमा हामी पुरै वाह्यरुपमा निर्भर छौं । सन् १९६० भन्दा अगाडि नेपाली नुनको आवश्यकतालाई हामी भोट अर्थात अहिलेको तिब्बत चाइनाबाट आपूर्ति गथ्र्यौं । नेपालका तिब्बतसँग जोडिएका विभिन्न क्षेत्रहरुबाट नुन र उनको व्यापारका लागि विभिन्न रुटहरु निर्माण भएका थिए । यी मध्यमुस्ताङ, रसुवाको केरुङ र उपल्लो डोल्पा र हुम्लाको लिमी उपत्यका प्रमुख थिए । यी क्षेत्रमा बसोवास गर्ने मानिसहरु पहाडी र तराई क्षेत्रको अन्न भोटसम्म र भोटको नुन र उन नेपालका पहाडी र तराई क्षेत्रसम्म पुर्या उने काम गर्दथे । यसरी भोटदेखि नेपाल र भारतको नेपालसँग जोडिएका केही भूभागहरु समेतमा हाम्रो हिमाली क्षेत्र खासगरी उपल्लो डोल्पा र हुम्लाका मानिसहरुको एकलौटी व्यापार थियो । नेपालको पहाडी र तराई भागमा नुनको माग र भोट, उपल्लो डोल्पा र हुम्लालाई अन्नको आवश्यकताका कारण यी दुई क्षेत्रमा अन्न र नुनको विनिमय हने बलियो आधार थियो । यी दुबै मागलाई सम्वोधन गर्न उपल्लो डोल्पालीहरु र हुम्लीहरु क्याराभान मार्फत अन्न तथा नुन र उनको व्यापार गर्थे । यसरी क्याराभान मार्फत उपल्लो हुम्ला र डोल्पासम्म अन्न तथा नुनको ओसार–पसार गर्ने बाटो नै नेपाली अन्तरराष्ट्रिय साल्ट रोड थियो । भाषा र भूगोलको सामीप्यता भएका कारण पनि यो क्षेत्रका स्थानीयहरुको यो व्यापारमा पहिलो पहुँच कायम भएको थियो, त्यतिवेला यहाँको जनजीविका र अर्थतन्त्र पनि आजभन्दा निकै मजबुद थियो । यसरी भोटबाट आएको नुन नेपालको हिमालीक्षेत्र हुँदै देशभरि वितरण हुन्थ्यो र नेपालका विभिन्न क्षेत्रहरुका नुनको ब्यापारका लागि साना–साना केन्द्रहरु बन्दै गएका थिए र नेपालका अन्य भूभागका मानिसहरु ती केन्द्रहरुमा नुन लिन ढाकर र टेकुवा बोकेर पुग्थे ।पश्चिमदेखि हेर्ने हो भने यस्ता केन्द्रहरुमा महेन्द्रनगर थियो । सुदुरका पहाडी क्षेत्रका मानिसहरु नुन लिन यही क्षेत्रमा पुग्दथे । त्यस्तै मध्यपश्चिममा नेपालगञ्ज, मध्यमा बटौली, पुर्वमा लहान र धरान प्रमुख थिए । यी केन्द्रहरुमा नुन र तेल लिन अन्य पहाडी क्षेत्रका मानिसहरु पुग्नुपर्ने बाध्यता र त्यो बाध्यतालाई पूरा गर्न मानिसहरुले बनाएको खोला किनार, भीर र उकाली–ओरालीहरुमा निर्माण गरिएका गोरेटा बाटाहरु नै हाम्रा घरभित्रका ऐतिहासिक साल्ट रुट थिए । सायद यी रुटहरु हाम्रो नुन र तेलको आवश्यकता पूरा गर्न बनेका थिए ।
भारतको नेपालमा नुन राजनीति
भोटबाट आयात हुने ढिके नुनले नेपालको पूरै बजार कब्जा गरेको थियो । नेपालको हिमाली क्षेत्रका साल्ट रोडको प्रयोग गरेर ब्रिटिसकालीन भारत पनि भोट हुँदै मध्ये एशियासम्म ब्यापार गर्दथ्यो । त्यसैले हाम्रा साल्ट रोड र यसबाट हुने ब्यापार र बजारकावारेमा भारत जानकार थियो । त्यसैले उसले नेपालमा हाम्रा साल्ट रोडहरु भत्काउन र भारतीय नुनले नेपालको बजार कब्जा गर्न सन १९६० को देशकमा एक रणनीति बनायो । यो रणनीतिको कमजोर जग भनेको नेपालीहरुको गलगाँड समस्या र यसको समाधान आयोडिन युक्त नुन हो भन्ने प्रोपोगाण्डा थियो । आयोडिन युक्त नुन गलगाँडको समस्याको अचूक अस्त्र हो होइन ? तर, उपल्लो डोल्पा र हुम्लाको भोटसँगको साल्ट रोड भत्काउने र भारतीय नुनले नेपालको बजार कव्जा गर्ने मन्त्र भनेको गलगाँड र यसको औषधि आयोडिनयुक्त भारतीय नुन नै थियो ।सन् १९६३ देखि भारतले पिटाएकोसमयदेखि सन् १९७३ सम्म आइपुग्दा नेपालको नुनको कारोबारी संस्था साल्ट टे«डिङ कर्पोरेशनमार्फत भारतले नेपालको नुन बजार कब्जा गरी सकेको थियो । यो समयमा नेपालमा भारतबाट १ लाख टन नुनका प्याकेटहरु भित्रिन्थे । यो समयमा उपल्लो डोल्पा वा लिमी उपत्यकामा समेत भारतबाट आएको भानु नुनको प्याकेट पुगेको थियो ।यसरी नेपाली गलगाँड र भारतमा प्रशोधित नुनमा रहेको आयोडिनलाई भजाएर भारतले नेपालमा गरेको नुन राजनीतिको रणनीतिले आज पुरै देश भारतसँग नुनमा परनिर्भर बनाएको छ । यो भारतको नुन राजनीतिले हाम्रो भोटसँगको साल्ट रोड तहस(नहस मात्र पारेन कि हुम्ली, डोल्पालीहरुको जनजीवन र त्यहाँको अर्थतन्त्रलाई समेत अहिलेसम्म उठन नसक्ने गरी लडाएको लडाइँ छ । झन् व्यापारिक महत्वको पूर्वपश्चिम राजमार्ग बनेपछि त हाम्रो भोटसँगका साल्ट रोडहरु अस्तित्वमा नरहने गरी बिलाउन लागेका छन् ।हाम्रा घरभित्र रहेका साल्टरुटहरुमा विकास भएका सडक मार्गहरुको पहिलो स्रोत यही राजमार्ग भएको छ र यसैवाट हाम्रो आन्तरिक र बाह्य बजार र अर्थतन्त्रको ठूलो हिस्सा निर्दे्शित भएको छ । मुस्ताङ र देशका अन्य भागहरुमा रहेका नुनखानीहरु किन उत्खनन नहुनुका पछाडि पनि भारतीय नुन राजनीतिको प्रत्यक्ष प्रभाव रहेको छ ।भारत स्वतन्त्र भएपछि नेपालमा गरिएको यो नुन राजनीतिको सफल प्रयोगपश्चात् नेपाल नुन र तेलमा मात्र नभएर अन्य वस्तुहरुमा समेत भारत निर्भर बनिरहेको छ । यसलाई दीर्घकालसम्म कायम राखेर हाम्रा अन्य सांस्कृतिक, राजनीतिक, र आर्थिक क्षेत्रहरुमा समेत हस्तक्षेत्र गरिरहने भारतीय रणनीति सवै नेपालीहरुले बुझिसकेको अवस्था छ ।भारतको यो नुन राजनीति कति बलियो हुँदो छ भन्ने कुरा हामी सवै नेपालीलाई थाहा छ, यही नुन राजनीतिले ३० बर्षको पञ्चायत ढाल्न सहयोग पुर्या यो । हाम्रा परिवर्तनहरुमा उसको अग्रणी भूमिका देखाउन, हाम्रो आन्तरीक राजनीति शासन, प्रसासनमा हस्तक्षेप गर्न समेत भारतको यो नुन राजनीतिको सफल छ । नेपाली समाजमा नुनलाई विम्वकोरुपमा प्रयोग गरेर यसको सोझो गर्नु भन्ने यथार्थता समेत भारतको यो नुन राजनीतिमा प्रकट भएको छ । लैनचौर जस्ता विभिन्न केन्द्रहरुबाट आउने दारु र भारुले समेत अहिले नुन राजनीतिको काम गरिरहेको छ ।सत्ता र शक्ति केन्द्रका मान्छेहरु, शासन र प्रसासन चलाउने मान्छेहरु, नीति निर्माण गर्ने मान्छेहरु लाजै नमानी भारतको नुन राजनीतिको सोझो गरिरहेका छन । यो भारतको नुन राजनीतिको चंगुलबाट नेपाललाई ननिकाल्ने हो भने यसले हाम्रो बजार कव्जा गरिरहने छ । हाम्रा शासन र प्रशासनमा धावा वोलिरहने छ । जसरी नेपालीहरुमा देखिने गलगाडलाई आधार बनाएर उसले हाम्रो भोटसँगको साल्ट रोड भत्काएजस्तै, नेपालको नुन बजार कब्जा गरेजस्तै कर्णालीलगायत हिमाली क्षेत्रको अर्थतन्त्र र जनजीविका ध्वस्त बनाएजस्तै, हाम्रो देशका अन्य क्षेत्रको संरचना र अर्थतन्त्रमा कुनै दिन नराम्रो धक्का पर्न सक्छ ।अहिले चीनले अगाडि सारेको वेल्ट रोड अभियानमा विश्वको ध्यान केन्द्रित भएको छ । इसापूर्वको चिनियाँ हान राजबंशका पालामा चीनको एशियासँगको सिल्क व्यापारका लागि बनेको सिल्करोडलाई आधार बनाएर एक्काइशौं शताब्दीमा संसारलाई जोड्ने नयाँ स्वरुप र संरचनामा वेल्ट रोड अभियान अगाडि आएको छ ।चीनको विश्वलाई जोड्ने यो वेल्ट रोड अभियानबाट सिकेर हाम्रा ऐतिहासिक साल्ट रोडहरुलाई नयाँ स्वरुप र संरचनामा लैजानु त हाम्रो नीति निर्माताका ढेकदारहरुसँग के सोच होला र ? आजको भुमण्डलीकरणको समयमा चीनभन्दा धेरै टाढाका ल्याटिन अमेरिकाका पेरु लगायत विश्वका ६० भन्दा बढी मुलुक वेल्ट रोड अभियानमा जोडिँदा पनि हाम्रो देशका नीति निर्माताहरुले योसँगको कनेक्टीभिटीमा चासो नदेखाउनु, चीनसँगका सञ्चालन भैरहेका नाकाहरु बन्द गर्नु, मन्त्रालयमा भएका सुरक्षित फायलहरु गायब हुनु, बहुत तामझामका साथ गरिने हाम्रा लगानी सम्लेलनहरुमा सिधा भारतकेन्द्रित कनेक्टिभिटी परियोजनाहरु मात्र आउनु, चीनसँगको कनेक्टिभिटीमा कुनै छलफलसम्म नहुनुको कारणका पछाडि भारतीय नुन राजनीति कति बलियो छ र हाम्रा नीति निर्माताहरु कसरी मालिकसँग नुनको सोझो गरिरहेका छन् भन्ने कुरा लेखिरहनु नपर्ला ।अहिलेको नेपाली समृद्धिको आधार भनेको उत्पादन र त्यसको अन्तरराष्ट्रिय व्यापार हो । विश्वका पहिलो र दोस्रो जनसंख्या भएका देशहरु चीन र भारतको वीचमा रहेको नेपालले आफना उत्पादनहरुको बजार खोज्न टाढा जानुपर्दैन । चीन र भारतको मागलाई ध्यानमा राखी उत्पादनमुखी अर्थतन्त्रलाई अगाडि बढाउन र यसको अन्तराष्टिय व्यापारका लागि हामीले आवश्यक पूर्वाधारहरु निर्माण गर्न सक्नुपर्दछ । त्यो मध्येको एउटा महत्वपूर्ण पूर्वाधार निर्माणका आधार भनेको हाम्रा ऐतिहासिक साल्ट रोडहरु हुन् ।जसरी युरोपका साल्ट रोडहरु आज हाइवे, रेल्वे बने, हाम्रो साल्ट रोडलाई पनि हाइवे र रेल्वेमा परिवर्तन गर्न सक्नुपर्छ र संसारसँगको कनेक्टिभिटीले मात्र नेपाली उत्पादनको विश्व व्यापार गर्न सकिन्छ र नेपाली समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने कुरा भारतको नुन खाएर नेपाललाई भारतको एकाधिकार बजार बनाउन सोझो गरिरहेका हाम्रा स्वघोषित मालिकहरुले बुझ्न पर्दछ ।
स्रोत ः अनलाइन खबर
Post a Comment