0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचनले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन्। पोखरामा नेपाल वितरण महासंघको साधारणसभाको उद्घाटन गर्दै उनले सरकार निर्वाचनको सम्पूर्ण तयारीमा जुटिसकेको हुँदा निर्धारित मितिमै निर्वाचन हुने बताए।  उनले देशका रुग्ण उद्योगलाई पुनः व्यवस्थित गर्दै बेरोजगारीका कारण विदेशिएका युवा शक्तिलाई स्वदेशमै रोजगारी दिने गरी सरकारले तयारी गरिरहेको बताए।  उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सकेमामात्र बैदेशिक रोजगारमा जाने जनशक्तिलाई स्वददेशमै रोक्न सकिने उनको विश्वास थियो । उनले देशमा भएका खनिज पदार्थको उत्खनन् र उपयोग गर्न नसक्दा देशको ठूलो धनराशी बाहिरिएकोमा चिन्ता प्रकट गरे । निजी क्षेत्रले उद्योग व्यवसायमा मात्र नभई कृषिजन्य उद्योगमा समेत लगानी बढाउनुपर्नेमा उनले जोड दिए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले व्यापारीले केवल मुनाफामा मात्र केन्द्रित नभई सेवा एवम् जिम्मेवारीताको भावना राख्नुपर्ने बताए।  करको दायरामा नजाने प्रवृत्तिले पछि स्वयम्लाई नै अप्ठ्यारो पार्नेतर्फ गम्भीर बन्न उनले व्यवसायीलाई आग्रह गरे। मुल्मीले मुलकमा ७७ हजार करोड रुपैयाँको आयात भइरहेको अवस्थामा ७ हजारको मात्र निर्यात हुने भएकाले मुलुकको अर्थतन्त्र कता जानेहो भन्ने विषयमा चिन्ता व्यक्त गरे ।
मुल्मीले मुलुकमा उत्पादन क्षेत्रमा लगानी नगर्ने हो भने अन्तरदेशीय व्यापार केन्द्रको रुपमा विकास गरेर नेपाल र भारतको बीच हुने व्यापारको मध्यस्थता गरी नेपालले व्यापार घाटा कम गर्न सकिन स्पष्ट पारे । उनले यस क्षेत्रमा मात्र बैंकिङ क्षेत्रको ३३ खर्ब लगानी रहेकोले पनि उक्त व्यवसायको संरक्षणमा गर्नुपर्ने खाचों औल्याए । कार्यक्रममा नेपाल वितरण महासंघका अध्यक्ष डम्बर थापा, उपाध्यक्ष सुरेश अधिकारी, महासचिव हरिराज पन्त, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशङ्कर पालिखे, सिटी रेवानका अध्यक्ष केपी शर्मा लगायतले वाणिज्य क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । साधारणसभामा मुलुकका ३२ जिल्लाका एक सय २० जना प्रतिनिधिको सहभागिता रहेको छ ।



Post a Comment

 
Top