0
नेकपा एमालेले फागुन २८ गते नवलपरासीको कावासोतीमा विशाल सभा गर्ने भएको छ । मेची महाकाली अभियान अन्तर्गत चार नम्बर प्रदेश संगठन कमिटीको आयोजनामा विशाल सभा गर्न लागिएको हो । सभामा ५० हजार मानिस उतार्ने तयारीका साथ शनिबारबाट एकहप्ते अभियान सुरु भएको नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं प्रदेश नम्बर ४ का सचिव जगत विश्वकर्माले जानकारी दिए। २८ गतेको विशाल जनसभालाई सफल पार्न ३० वटा टोली एक हप्ताका लागि घरदैलो अभियानमा निस्केको छ । १७० जना सम्मिलित टोलीले घरदैलोमै पुगेर प्रचार–प्रसार तथा कोणसभा गरी जनसभाबारे जानकारी दिनेछ । नेता विश्वकर्माले भने–‘प्रचार–प्रसारका लागि थारु, मगर र नेपाली गरी तीन वटा भाषामा २ लाख प्रचार सामाग्री प्रकाशित गरिएको छ । टोली एकहप्तासम्म जनताको घरदैलोमा पुगी जनताकै घरमा बास बस्नेछ । नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्र्तगत नै फागुन २८ गते कावासोतीमा विशाल सभा हुन लागेको हो । सभापछि केन्द्रीय नेताहरु नवलपरासीमा बास बस्ने योजना छ ।’ केन्द्रीय नेताहरु सहितको टोलीलाई फागुन २९ गते दाउन्ने पु¥याएर बिदा गर्ने तयारी गरिएको उनले बताए ।



Post a Comment

 
Top