0
गोल्डेन न्यूज संवाददाता
चिसाखोला वेद विद्याश्रम संस्थापक अग्निहोत्री पण्डित केदारनाथ उपाध्याय ९५ वर्षमा प्रबेश गरेका छन् । मंगलबारदेखि नयाँ बसन्तमा प्रवेश गरेका हुन् । जन्मोत्सवको अवसरमा चिसाखोला वेद विद्याश्रममा विद्यार्थीहरु सँग जन्मदिन मनाए । जन्मदिनको शुभकामना दिदै आचार्य गंगाधर तिमिल्सिनाले जन्मदिनको शुभकामना दिए ।  उनले केदारनाथले बेदको पठन संस्कृतीलाई संरक्षणमा महत्वपूर्ण भूमिका रहेको बताए । वि.सं. १९९९ सालमा चिसाखोलामा अग्नीहोत्री पण्डित केदारथान उपाध्यायले केही व्यक्तिको सहयोगमा विद्याश्रम खोलेका थिए । भकारी बेरी कटेरो बनाएर थालिएको आश्रममा अध्ययन गर्न आउनेहरु बाक्लै हुन्थे । २००७ सालमा प्रजातन्त्र स्थापनापछि जनताकै सक्रियतामा पनि पछ्याउँदै निरन्तर लागिरहेका छन् । अहिले आएर आश्रमले संस्थागत रुप लिएको छ । हातको इशारा र उच्चारण मिलाउने सहित बेद पाठ गर्ने गुरुका अभावको महशुस गर्दै नेपाल सरकारले बेद विद्याश्रमको पाठ्यक्रमको अनुसार २०५५ सालबाट औपचारिक शिक्षाको सुरुवात गरेको विद्याश्रमका अध्यक्ष मोक्षनाथ तिमिल्सिनाले बताए ।  विसं २०१० सालदेखि निरन्तर केदारनाथले अग्नीहोत्री यज्ञ गर्दै आएका छन् । आश्रमको शिवमन्दिर हवन कुण्डमा ६६ वर्षदेखि आगो निभेको छैन । केदारननाथले गोरखा दक्षिणबाहु चौथो, सनातन धर्म सेवा समितिद्वारा अभिनन्दन, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले ज्येष्ठ नागरिक सम्मान लगायत दर्जनांै सम्मानले सम्मानित भएका छन् । 
उनी अहिले पनि विद्यार्थीलाई हातकै इसारामा अनुसार वेद पढ्दै पढाउँदै आएका छन् ।







Post a Comment

 
Top