0
गोल्डेन न्यूज संवाददाता
नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित समाजसेवी कीर्तिबहादुर केसीको स्मृतिमा सुर्यप्रेम बहुउद्दश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता पुरस्कार पहिलो पटक पत्रकार युवराज घिमिरेलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको वैठकले तीन दशक भन्दा वढी समय पत्रकारिता गरेका घिमिरेलाई उक्त पुरस्कारले सम्मान गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ कास्की शाखाका सचिव रामप्रसाद तिमिल्सेनाले जानकारी दिए । पुरस्कारको राशि नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद सहित सम्मानपत्र रहेको छ । उक्त पुरस्कार समाजसेवी स्व. कीर्तिबहादुर केसीको जन्म–जयन्तीमा चैत १९ गते अक्षयकोषका दाता एवं समाजसेवी सूर्यवहादुर केसीले एक समारोहका वीच पत्रकार युवराज घिमिरेलाई प्रदान गर्ने महासंघ कास्की शाखा अध्यक्ष दिपेन्द्र श्रेष्ठले वताए । हरेक वर्ष राष्ट्रियस्तरको पुरस्कार संचालनका लागि सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टले यस अघि नै नेपाल पत्रकार महासंघ कास्कीको नाममा ११ लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । पत्रकार घिमिरेलाई उक्त पुरस्कारले सम्मान गर्न यस अघि गठित कीर्ति स्मृति पत्रकारिता पुरस्कार प्रतिभा छनौट समितिले महासंघ कास्कीलाई सिफारिस गरेको थियो ।  छनौट समितिमा महासंघ कास्कीका सल्लाहकारहरु वद्रीविनोद प्रतिक, रामकृष्ण ज्ञवाली, रमेश पौडेल, सूर्यप्रेम वहुउद्देश्यीय समाजसेवा ट्रष्टका तर्फवाट किरण केसी र सन्तबहादुर गुरुङ, महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ, र महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेना सदस्य सचिव रहेका थिए ।

सन् १९८० देखि पत्रकारिता सुरु गरेका घिमिरे हाल काठमाडौंवाट प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकको प्रधान सम्पादक रहेर काम गरिरहेका छन् । भारतको पटनामा बसेर युनाईटेड न्यूज एजेन्सीवाट उनले पत्रकारिताको सुरुवात गरेका थिए । उनले विविसि नेपाली सेवाको संवाददाता, कान्तिपुर दैनिक र दि काठमाडौं पोष्ट र समय साप्ताहिकमा यस अघिनै सम्पादकको रुपमा काम गरिसकेका छन् । उनी नागरिक दैनिकको सस्थापक सम्पादक समेत हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका उनले अहिलेपनी भारतको ईण्डियन एक्सप्रेसमा साप्ताहिक रुपमा स्तम्भ लेख्दै आएका छन् । यस वाहेक उनले शून्य समय नामक पुस्तक लगायत थुप्रै कीर्तिहरु प्रकाशनमा ल्याएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा समारोहमा धेरै पटक सहभागिता जनाईसकेका छन् ।





Post a Comment

 
Top