0
गोल्डेन न्यूज संवाददाता
साहासिक खेल प्याराग्लाईडिङ को अध्ययन तथा अवलोकन गर्न न्युजिल्याण्ड जान लागेको टोलीलाई बिहीबार पोखराबाट बिदाई गरिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को एक टोलीलाई नाका द्वितीय उपाध्यक्ष कृष्ण भण्डारी सहितको टिमले नाका अध्यक्ष योगेश भट्टराई सहितको टोलीलाई खादा तथा अविर लगाएर विदाई गरेको हो । टोली विहिबार काठमाडौं प्रस्थान गरेको छ भने शुक्रबार न्युजिल्याण्ड प्रस्थान गर्नेछ ।
सरकारीस्तरबाट नागरिक उड्डयन प्राविधिकरण (क्यान) को संयोजनमा पहिलो पटक प्याराग्लाईडिङ खेलको बारेमा अध्ययन तथा अवलोकन गर्न विदेश जाने भएको छ । प्याराग्लाईडिङ खेत गतिविधि व्यबस्थित ढंगले संचालन भएको न्युजिल्याण्डमा अध्ययन तथा भ्रमणका लागि सरकारी स्तरबाट टोली विदेश जान लागेको हो । टोलीमा क्यानका प्रवन्धक देवेन्द्र प्रसाद पाण्डे र उप–निर्देशक सुभास झा, नाका अध्यक्ष योगेश भट्टराई, महासचिव वसन्त दवाडी, व्यवसायी तर्फ शोभित बाँनिया र प्राविधिक तर्फ सरोज भट्टराई सहभागी हुने भएका छन् । क्यान सहित नेपाल हवाई खेलकुद संस्था (ना) तथा प्याराग्लाईडिङ पाइलट एंव प्राविधिक सहितको एक टोली प्याराग्लाईडिङलाई नेपालमा व्यबस्थित तथा प्राधिकरण संस्था स्थापनाको लागि पनि टोली न्युजिल्याण्ड जान लागेको नाका महासचिव वसन्तराज दवाडीले जानकारी गराए। 
टोली यही मार्च २५ देखि अप्रिल १ अर्थात चैत्र १२ देखि १९ गते न्युनिल्याण्डमा रहेका प्याराग्लाडिङ व्यवसायको अध्ययन अवलोकनसहित संचालनको व्यवस्थाको समेत जानकारी लिने र नेपालमा प्राधिकरण संस्था स्थापनाका लागि अध्ययन अवलोकन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको संयोजनमा न्युजिल्याण्डको विलिन्टन र क्युन्स टाउनमा प्याराग्लाइडिङको गतिविधि नियाल्ने भएको दवाडीले जानकारी दिए ।


Post a Comment

 
Top