0
गोल्डेन न्यूज संवाददाता
नेपालमै पहिलो पटक मिस्टर एण्ड मिस हस्पिटालिटी २०१७ पोखरामा हुने भएको छ । एपि इन्टरटेन्मेन्टले बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । ७५ हजार रुपैयाँ बराबरको पुरस्कार राशि रहेको उक्त हस्पिटालिटी मोड्युलस् बेस प्रतियोगिता सञ्चालन गर्न लागेको इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए ।  त्यसो त अहिले नेपालमा धेरै जसो ब्युटि प्याजेन्ट हुने गरेका छन् । तर आम ब्युटि प्याजेन्ट भन्दा फरक रहेर होटल म्यानेजमेन्ट कोर्षको आधारमा यो प्रतियोगिता गर्न लागेको पाण्डे बताउँछन् । उनी भन्छन् सम्भवत नेपालमै पहिलो पटक हस्पिटालिटी इण्डस्ट्रिज फिल्डका सहभागीहरु लाई लिएर यो प्रतियोगिता हुन लागेको छ । नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानी छ । नेपालको सुन्दरता सँगै पर्यटनलाई आकर्षण गर्न हस्पिटालिटिले पनि महत्वपूर्ण स्थान राख्छ । अतिथि सत्कारका विषयमा पनि केही सकारात्मक सन्देश जाओस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको पनि पाण्डेले बताए । चैत्र २६ गते पोखराको तारे होटल विजेता घोषणा हुने उक्त प्रतियोगिताको खर्च कुल दस लाख रुपैयाँ लाग्ने शैलेस शाहीले बताए ।  कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले मूख्य प्रायोजन गरेको प्रतियोगिताका विजेतासँगै टप टेनमा परेका प्रतियोगिहरुको रोजगारीको ब्यबस्था गरिएको पनि उनले जानकारी दिए ।
प्रतियोगिहरुलाई होटल म्यानेजमेन्ट कोर्षको आधारमा  हस्पिटालिटीका पायोनियरहरुले करिब २२ दिन ट्रेनिङ्ग दिने र नतिजाका लागि अंकहरु पनि त्यहि आधारमा दिने शाहीले बताए । प्रतियोगिहरुले फाइनलमा आफू सेफ कोट र वेटर डे«समा प्रस्तुत हुनु पर्ने पनि उनले जानकारी दिए ।



Post a Comment

 
Top