0
स्ववियु निर्वाचनको विषयलाई लिएर पृथ्वीनारायण क्याम्पस पोखराकम क्याम्पस प्रमुख देवेन्द्र बहादुर लामिछानेले निर्वाचन सम्बन्धी सूचना भन्दै पूर्वाग्रही तवरले लान्छनायुक्त भाषाको प्रयोग गरि सूचना प्रकाशित गरेको भन्दै नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकाल, देवकृष्ण पराजुली, गोपाल गुरुङ, पुनम भट्ट, नेविसंघ पृथ्वीनारायण क्याम्पस मूल इकाई समितिका सभापति दिपक शर्मा वाग्ले, नेविसंघ पृथ्वी नारायण क्याम्पसका स्ववियु सभापतिका उम्मेद्वार राजेश हमाल लगायतले संयुक्त पे्रस विज्ञप्ति प्रकाशित गरि आपत्ति जनाएका हुन् । ‘निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । लोकतन्त्रको पहरेदार ने.वि.संघ निर्वाचन विमुख किर्माथ हुन सक्दैन । नेविसंघ निर्वाचनमा सम्पूर्ण विद्यार्थीलाई संगै लिएर जान चाहन्थ्यो । क्याम्पसमा घटेको घटना र कार्ड प्रकरणले सबै विद्यार्थी संगठनलाई एकताका साथ अगाडि बढाउने कुरामा अवरोध पैदा गर्यो । त्यसलाई सम्बोधन गर्नुको सट्टा क्याम्पस प्रशासनले पूर्वाग्राही ढंगबाट कुनै अमुक संगठनको झन्डा बोकी निर्वाचन भाड्ने षड्यन्त्रमा क्याम्पस प्रमुख अग्रसर भए’, विज्ञप्तिमा भनिएको–‘पृथ्वीनारायण क्याम्पसको चार पर्खाल भित्र मनपरी गर्ने, ज्यादती गर्ने, विद्यार्थीहरुको रचनात्मक गतिविधिका विरुद्ध चल्ने अनेरास्ववियुको असली हैसियत र नियत यस पटकको स्ववियु निर्वाचनले प्रमाणित गरेको छ ।’

विद्यार्थी संध संगठनलाई लडाई भिडाई अराजकता निम्ताउने, गैर जिम्मेवार क्याम्पस प्रमुखको नेविसंघले राजीनामाको माग गरेको छ । नेविसंघले इतिहासको कुनै कालखण्डमा यस घटनाको हिसाब किताब चुकाउने चेतावनी समेत दिएको छ । ‘क्याम्पसमा कार्ड सहित ढड्डा समेत गायव भएको र फर्जी मत हाल्न सक्ने हुँदा निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसक्ने नेविसंघको ठहर छ’, विज्ञप्तिमा भनिएको छ–‘२५ गते निर्वाचन मिति घोषणा गर्दै गर्दा क्रियाशिल विद्यार्थी संघ संगठन संग छलफल र वार्ता संम्वाद नगरि एकपक्षीय रुपमा अनेरास्ववियूको मतीयार बनी क्याम्पस प्रमुख अघि बढेका कारण चुनावको वातावरण पूर्णरुपमा विथोलिन गएको नेविसंघको ठहर छ ।’

Post a Comment

 
Top