0
गोल्डेन न्यूज संवाददाता
जसु गुरुङको निर्देशनमा फेवातालको पानी बोलको गीतको म्युजिक भिडियो निर्माण हुदैछ । भिडियोको छायाँकन पोखरामा हालै सम्पन्न भएको छ । स्टार्स स्टुडियो प्राइभेट लिमिटेडको प्रस्तुतिमा निर्माण गर्न लागिएको भिडियो मार्फत दर्शकले नयाँपन पाउने निर्देशक गुरुङले बताइन् । चिना थापा मगर र बाबु कृष्ण परियारको आवाजमा रहेको यो गीतको शब्द सिर्जना रमेश विजीले गरेका हुन् । गीतमा संगीत बाबुकृष्णले भरेका छन् ।  भिडियोमा अरुशी मगर र रविन्द्र थापा मोडलको रुपमा देखिएका छन् । भिडियोलाई मनोहर रानाको कोरियोग्राफीमा सन्तोष कोन्मेले खिचेका हुन् । म्युजिक भिडियोमार्फत दर्शकको माया पाउनेमा निर्देशक जसु विश्वस्त छन् । ‘सुन्दर नगरी पोखराको फेवाताल वरिपरीको दृश्यलाई कैद गर्दै भिडियोलाई उत्कृष्ट बनाउने प्रयास गरेका छौँ’ उत्साहित हुदै उनले भनिन् । ‘घान्दुककी ठिटी म त गाउँकै गीत गाउछुँ’ बोलको गीतमा अभिनय गरेर एकाएक चर्चामा आएकी जसुले थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेकी छन् ।  गुरुङ चलचित्रमा अभिनय र  निर्देशनको अनुभव लिइसकेकी जसु गुरुङ फिल्म एशोसिएशन कास्कीको अध्यक्ष हुन् । पोखराको न्युरोडमा स्टार्स स्टुडियो सञ्चालन गरी व्यवसायिक रुपमा समेत उनी अगाडि बढ्दैछन् ।

Post a Comment

 
Top