0
गोल्डेन न्यूज संवाददाता
राज्यपुनर्संरचनाको खाका अनुसार गाविसवासीले सेवाग्रहण गर्दा अपायक पर्ने र थुपै्र झन्झट बेहोर्नुपर्ने ठहर गर्दै कास्कीको ढिकुरपोखरीका गाविसवासी सघर्षका उत्रिएका छन् । खाका अनुसार ढिकुरपोखरी गाविसलाई अन्नपूर्ण गाउँपालिकामा राखिएको जसको केन्द्र समग्र गाविसवासीका लागि अपायक भएको भन्दै गाउँवासीले ढिकुरपोखरीलाई पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम गर्नुपर्ने ठहर गर्दै सघर्षमा उत्रिएका छन्। जसअन्र्तगत गाविसवासीले सोमबार पोखरा बाग्लुङ राजमार्गको नागडाँडा खण्डमा दिउँसो १२ बजेदेखि १ बजेसम्म १ घण्टा चक्काजाम गरेका छन् । त्यस्तै ढिकुरपोखरी गाविसको सर्वदलिय बैठकले सोमबार विहान गाविसलाई पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम गर्नुपर्ने भन्दै एक सूत्रीय निर्णय गरेको छ ।  गाविसवासीले वडा नं. ३४ कायम नभएसम्म सघर्षलाई नरोक्ने र थप संघर्षका कार्यक्रमहरु गर्दै जाने बताएका छन् ।  गाविसवासीले आफूहरुका जायज मागमा कुनै बहाना देखाई आलटाल एवं ढिलासुस्ती गरिए कडा सघर्षमा उत्रिने चेतावनी दिएका छन् । उनीहरुले निर्णय नसचिएको खण्डमा पोखरा–बाग्लुङ राजमार्ग अनिश्चितकालिन रुपमा ठप्प पार्ने, आगामी स्थानीय निकायको निर्वाचन बहिष्कार गर्ने जनाएका छन् ।
यसैबीच स्थानीय तह पुनर्संरचनाका क्रममा पोखरा उपमहानगरका दुई वडा पोखरा २४, कृस्ती र पोखरा २३ निर्मलपोखरी मिसाएर एउटै वडा बनाएको बिरोधमा सोमबार कृस्तीबासीले पोखरा २४ कृस्तीको वडा कार्यालयमा तालाबन्दि गरेका छन् । क्षेत्रफल तथा जनसंख्याका हिसाबले पोखरा २४ कृस्ती आफैमा ठूलो वडा भए पनि अन्य वडामा मिसाएर थप सामाजिक तथा भौगोलिक जटिलता थप्ने काम गरिएको भन्दै वडा संघर्ष समितीको चरणबन्द संघर्षका कार्यक्रम अन्तर्गत अनिश्चित कालिन तालाबन्दी गरिएको हो । हामीलाई वडा गाम्ने निर्णयले दुखित मात्र बनाएको छैन् कृस्तीको विकासमा थप अन्यौलता सृजना गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा स्थानीय विकास अधिकारी बलराम ढकाललार्ई ग्यापन पत्र बुझाउँदै संघर्ष समितीका संयोजक पूर्णबहादुर थापाले यो निणर्य सच्याउन माग गरे । ३०१ सदस्यीय संघर्ष समिती नै गठन गरेर आन्दोलित भएका कृस्तीबासीहरुले सोमबार नै  वडा कार्यालयमा तालाबन्दी जिल्ला स्थित सरोकारवाला निकाय जिल्ला समन्वय समिति कास्की जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा लेखनाथ महानगरपालिका कार्यालय लगायत जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा कास्कीबाट निर्वाचित सांसदलाइ ज्ञापन पत्र पेश गरेका छन् । माग सम्वोधन नभए महानगरपालिका घेराउ, निर्वाचनका सबै कार्यक्रम बहिस्कार तथा नगरपालिकाका सेवा सुविधा वहिष्कार सम्मको कार्यक्रम गर्ने संर्घष समितिका सचिव श्रीराम सुवेदीले बताए ।
कश्मिरको बाटो ः भाग १




Post a Comment

 
Top