0
गोल्डेन न्यूज संवाददाता
खेलकुदको गतिविधि हुने पोखरा रंगशालाबाट अन्ततः ड्राईभिङ प्रशिक्षण स्थल हटाईएको छ । गोल्डेन न्यूज लगायतका विभिन्न संचारमाध्यमले समाचार प्रकाशित गरेपछि जिल्ला खेलकुद विकास समिति र क्षेत्रिय खेलकुद विकास समितिको संयुक्त पहलमा उक्त डाईभिङ प्रशिक्षण हटेको हो । पोखरा रंगशालमा खेलकुदका गतिविधि हुने स्थलमा डाईभिङ प्रशिक्षण भएकोले खेल गतिविधिलाई नै असर पु¥याएकोले आफूहरुले बाध्य भएर डाईभिङ प्रशिक्षण हटाएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङले अघिल्लो कार्यसमितिले २०७५ साल सम्मको लागि प्रशिक्षणको लागि सम्झौता गरेको भए पनि धेरै क्षेत्रबाट डाईभिङ प्रशिक्षण हटाउन माग भए अनुसार आफुहरुले उक्त निर्णय गरेको बताए । उनले भने–‘डाईभिङ प्रशिक्षणबाट प्राप्त रकमले आन्तरिक श्रोत व्यबस्थापन देखि थप ४ जना कर्मचारीलाइ तलव खुवाएको अबस्थामा डाईभिङ प्रशिक्षण हटाएसंगै ४ कर्मचारी राख्न नसक्ने अवस्थामा पुगेका छौं। गण्डकी डाईभिङ स्कुल संघले रंगशालामा डाईभिङ प्रशिक्षण गराउन वापत समितिलाई मासिक ४८ हजार रुपैयाँ दिंदै आएको छ । स्कुल संघका अध्यक्ष उमेश सिकेले समितिले आफुहरुको सम्झौता अनुसार प्रशिक्षण गराउन दिनु पर्ने माग गरे ।उनले भने–‘हामीलाई डाईभिङ प्रशिक्षण गराउन कम्तिमा पनि २५ देखि ३० रोपनी जग्गा आवश्यक पर्दछ, पोखरामा सरकारी जग्गा उपलब्ध गराउन स्थानीय निकायसंग हामीले समन्वय गर्दैछौं ।’ डाईभिङ प्रशिक्षण गराउदा पोखरा रंगशालामा धुलो धुवा बढी हुने गरेकोले प्रशिक्षण हटायर समितिले राम्रो काम गरेको विभिन्न खेल समितिका पदाधिकारीहरुले बताएका छन ।  पोखरा रंगशालामा डाईभिङको लागि निमार्ण गरीएको ट्यायलको संरचना समेत डोजर लगायर भत्काईएको थियो ।

Post a Comment

 
Top