0
गोल्डेन न्यूज संवाददाता
समृद्ध साँस्कृतिक संघ प्रदेश नं. ४ को संयोजकमा वरिष्ठ लोक तथा दोहीरी गायिका पार्वती जि.सी. चयन भएकी छन् । नयाँ शक्ति पार्टी नेपाल निकट समृद्ध साँस्कृतिक संघको प्रदेश नं. ४को आयोजनामा प्रदेश भित्र रहने विभिन्न जिल्लाबाट आएका कलाकारहरुको एक भेलाले जिसीलाई चयन गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै भेलाकी प्रमुख अतिथि चर्चित कलाकार करिष्मा मानन्धरले कलाकारलाई राष्ट्रले अझैपनि पछाडी पारिरहेको हुँदा सम्पूर्ण कलाकारहरु एकतामा बाधिन आग्रह गरेकी थिईन् । कलाकार राष्ट्रका गहनाको रुपमा हेर्ने भन्दा राष्ट्रको अंगको रुपमा हेर्नुपर्नेमा जोड दिएकी थिईन् ।
स्याङ्जा, बागलुङ, नवलपुर, म्याग्दी, मुस्ताङ, लमजुङ, तनहुँ, गोरखा तथा पर्वतबाट आएका कलाकारको भेलाले २३ सदस्यीय समृद्ध साँस्कृतिक संघ गठन गरेको छ । संघको सदस्यमा लोकबहादुर जिसी, किसान वि, राजेश वर्देवा, अशोक पौडेल, धना पुन (गुरुङ), श्रीराम अधिकारी, माधव चापाँगाई, माया गिरी, मालती राना, बसन्त बास्तोला, सिर्जना आले मगर, नवराज अधिकारी, सरस्वती परियार, सिता थापा, बिरही कार्की, प्रकाश भट्ट, रतीमाया खड्का, हरी थापा, सुष्मा थापा, प्रसान्त तामाङ, उदिपराज ढुङ्गानालगाएतलाई भेलाले सर्वसम्मत चयन गरेको हो । विशेष वक्ताको रुपमा बोल्दै नयाँ शक्ति नेपाल प्रदेश नं. ४ संयोजक बलावती शर्माले कलाकारको महत्व प्रस्टाउदै, आफ्नो हक हितका लागि कलाकार आफै जागरुक हुनुपर्नेमा जोड दिएकी थिइन् । भेलाका वक्ता कास्की जिल्लाका संयोजक हेम बहादुर थापा, केन्द्रीय परिषद् सदस्य तथा युवा विभाग प्रमुख देवी सुवेदी, प्रेस सोसाईटी कास्कीका सहसंयोजक अमृत सुवेदी लगायतले नवगठित संघका प्रतिनिधिहरुलाई मन्तव्यद्वारा शुभकामना एवं बधाई व्यक्त गरेका थिए । निकै सांगितिक माहोल रहेको भेलामा हास्य नृत्य सुबोद गौतमले प्रदर्शन गरेका थिएभने श्रीराम अधिकारी र बसन्त बास्तोलाले आ–आफ्नो लोक प्रस्तुती प्रस्तुत गरेका थिए । अध्यक्षता गरेकी नवचयन संघकी संयोजक पार्वती जिसीले कलाकारको अधिकारका लागि आफु लागिरहने प्रतिवद्धता व्यक्त गरेकी थिईन् । भेलाको संचालन केन्द्रीय परिषद् सदस्य हरिनारायण गिरीले गरेका थिए ।

Post a Comment

 
Top