0
बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन भनेझैँ आजभोलि साहित्य उत्कृष्टतामा भन्दा पनि विज्ञापनमा बढी बिक्ने गरेको तीतो यथार्थ हाम्रासामु घामझैँ छर्लंग छ । सामान्य मुक्तक, गजल या कवितासंग्रह नै किन नहोस्, आजभोलि निकै तामझाम सहित झ्याली पिटेरै विमोचन गरिन्छ, त्यो पनि आस्थाका आधारमा राजनीतिक उच्च नेतृत्वलाई अगाडि उभ्याएर । झनै आख्यान क्षेत्रको त कुरा नै बेग्लै छ । विमोचनभन्दा पाँच–छ महिनाअघि देखि नै स्थापित मिडियामार्फत विज्ञापन नै बजाइन्छ । मलाई थाहा छैन कि त्यो लेखकको रहर, बाध्यता, सौख या व्यवसाय के हो ? तर पनि मलाई लाग्दैन, ती सबै सिर्जनाहरु उत्कृष्ट थिए र तिनलाई पाठकले रूचाए । भलै, ती संख्यात्मक हिसाबमा केही प्रति बढी बिक्री भए पनि होलान् । विज्ञापन हेरेर या सुनेर किताब किन्नेमध्येको स्वयं म एक पाठक हुँ जसलाई कयौँपटक लागेको छ, साँच्चै म ठगिएछु भन्ने । कतिपय लेखकहरु यस्ता पनि भेटिए, जो प्रकाशकबाट पारिश्रमिक हैन, आफ्नो प्रचारका लागि स्थापित प्रकाशकलाई पारिश्रमिक बुझाउँछन् ।  अनि कसरी बन्छ उत्कृष्टतामा साहित्य ? अर्को रमाइलो पक्ष के भने नाम कहलिएका प्रकाशकहरु एक खालको मनोवैज्ञानिक सिन्डिकेट लाद्न सफल छन् कि साहित्यको उत्कृष्टताभन्दा पनि प्रकाशकका नामले बिक्छ साहित्य भन्दै । हुन त, यसमा हामी आमपाठकहरुकै कमजोरी छ । नचाहँदा नचाहँदै पनि किताब किन्नुअघि हाम्रा आँखा प्रकाशकमा नै पर्ने गर्छन् । आदरणीय दाजु दीपकिरण शर्मासँग चिनजान र मित्रता हुँदाहुँदै पनि उहाँद्वारा लिखित उपन्यास ‘चक्रवात’मा खासै ध्यान गएको थिएन या अझ भनौँ मन गएको थिएन । यसको पहिलो कारण त बजारमा यसका बारेमा खासै चर्चा–परिचर्चा र बहस देखिँदैनथ्यो । न कुनै विज्ञापन थियो, न त कुनै स्थापित नाम चलेको प्रकाशकले नै यो किताब छापेको थियो । आभा ग्रुपका बारेमा न पहिले कहिल्यै नाम सुनेको थिएँ, न यसका बारेमा पढेको नै थिएँ । लेखक स्वयंसँगको प्रत्यक्ष भेटघाट र कुराकानीमा पनि कहिल्यै किताबका बारेमा कुराकानी भएन । उहाँलाई राम्रोसँग थाहा थियो कि म किताब किनेरै पढ्ने मान्छे हो, तर अहँ उहाँले कहिल्यै पनि मलाई किताब पढ्यौ ? भनेर सोध्नुभएन । मैले पनि कुनै दिन यस विषयमा चासो प्रकट गरिनँ । हुन त, मेरो नजरमा ‘चक्रवात’ खासै पढ्नलायक किताब होला भन्ने नै थिएन, तर एउटा लेखक आफ्नै कृतिका बारेमा कसरी मौन बस्न सक्छ भन्नेमा चाहिँ म निकै उद्वेलित थिएँ ।
 
यसबीचमा विभिन्न पुस्तक प्रदर्र्शनीहरु भए र मैले थुप्रै किताबहरु ल्याएर पढेँ पनि, तर अहँ मलाई ‘चक्रवात’ले खासै आकर्षित गर्न सकेन । ‘चक्रवात’ले धारावाहिक रुप पनि धारण गरिसके छ, लगातार दोस्रो र तेस्रो भाग ‘चक्रवात’कै नाउँमा पुस्तक विमोचन हुँदासम्म र लेखकसँगको भावनात्मक सम्बन्ध अझ गहिरिएर जाँदा पनि उपन्यासका बारेमा कुनै बहस भएन । तेस्रो भाग पनि बजारमा आइसकेपछि म आफैँले यसका विषयमा चासो प्रकट गर्न थालेँ, तर लेखकको सहज प्रतिक्रिया आउँथ्यो– बजारमा किताब पाइन्छ किन्ने अनि पढ्ने, थाहा भैहाल्छ । म अवाक् थिएँ, यत्रो धारावाहिक उपन्यास लेख्ने लेखकको यस्तो प्रतिक्रियाबाट । हुन त, उहाँसँगको संगत र उठबसले उहाँ देख्दा घमण्डी, रूखो र जटिलजस्तो देखिए पनि वास्तविकतामा उहाँ एकदमै मिलनसार, खरो स्वभाव र सरल व्यक्तित्व हुनुहुन्थ्यो भन्ने कुराको राम्रो ठम्याइ आइसकेको थियो ममा । एउटा लेखकको आफ्नो किताबको प्रचारप्रसारमा यो हदसम्मको बेवास्ता र निरन्तर थपिँदै गएका धारावाहिक अंकहरुले मलाई बिस्तारै ‘चक्रवात’का बारेमा केही जान्ने हुटहुटी बढेर गयो ।
मध्यान्ह एक बजेका लागि भनिएको कार्यक्रममा दुई बजिसक्दासम्म न त्यहाँ आयोजक थिए, न लेखक र न पाठक नै । एक मन त फर्किहालौँ भन्ने पनि लाग्यो, तर एकपटक तोकिएको कोठा नम्बर १२ मा हेर्न मन भयो । भित्र केही मानिस देखेपछि लाग्यो, केही कारणले कार्यक्रम ढिलो भयो होला, तर उपस्थिति बाक्लै रहेछ । ढोका खोलेर भित्र चिहाएको मात्र के थिएँ, म झन् रनभुल्लमा परेँ । शिव बुटीको धूवाँले भरिएको थियो कोठा र शिवभक्तहरु लीन थिए बुटी सेवनमा । के यही हो त कार्यक्रमस्थल ? म लगभग फर्कने सोचमा तल झर्दै थिएँ, दाजुको फोन आयो– कहाँ हुनुहुन्छ ? म गेटमा आइपुगेँ भन्दै ।
मलाई एक मन त भनिदिऊँ झैँ लाग्यो– दाजु, म कैलास पर्वतमा छु, तर सम्हालेँ आफूलाई । दाजुसँगको भेटपछि उहाँले एक जना फुच्ची बैनीतर्फ इसारा गर्दै भन्नुभयो– उहाँ नै हो मेरो उपन्यासको प्रकाशक । एउटा झोलामा केही थान किताब बोकेकी हँसिली नानीले नमस्कार गरिन् । सोचेँ– पकाशक नै यति हँसिली रैछिन्, कार्यक्रम भव्य त हुने नै भयो । शिवभक्तहरुलाई बाहिर निकालेर शिव बुटीको सुगन्धमा गरिएको अतिथिको पर्खाइ पनि रोमाञ्चक नै रह्यो त्यसदिन । करिब आधा घन्टाको पर्खाइपश्चात् नगन्य उपस्थितिमा कार्यक्रम सुरू भयो । मैले सोचेको भव्य कार्यक्रमको त्यो अवस्था र प्रकाशकको आलाकाँचोपन देखेर केही बोलौँ कि भन्ने पनि लाग्यो । तर चुपचाप सुनिरहेँ लेखकका, प्रकाशकका र अतिथिका कुरा । कार्यक्रम सकियो, अनि फर्कंदै गर्दा लाग्यो– हैन किताब त पढिदिऊँ एकपटक, दाजुले के सोच्लान् फेरि । फर्किएर तिनै भाग ‘चक्रवात’ लिएँ र हतार–हतार तल झरेँ, जिन्दगीमा व्यर्थको कार्यक्रममा समय खेर फालेको एउटा तीतो अनुभव सँगालेर । प्रायः किताब किनेर ल्याइसकेपछि कतिखेर पढौँ भन्ने उत्सुकता जागेर आउँछ ममा, त्यसदिन खासै त्यस्तो भएन । बेलुकाको खानापछि हामी छलफलमा रह्यौँ, दिउँसोको त्यो कार्यक्रमका बारेमा । कुनै पनि किताब, समाचार या महत्वपूर्ण विषयवस्तु हामी सामूहिक वाचन र सामूहिक श्रवण गर्ने गर्दछौँ । त्यसदिन मन नलागी–नलागी मैले ‘चक्रवात–१’ पढ्न सुरू गरेँ, उनी साथमा बसेर श्रवण गरिन् । किताब पढ्दै जाँदा हामी यसरी हराएछौँ कि बिहानको चार बजेको समेत हामीलाई पत्तै भएन । मेरो जीवनमा मैले कुनै पनि किताब यसरी पढेको थिइनँ, जसले पूरै रात छर्लंग बनाओस् । अघिल्लो दिन लेखकका र अतिथिका कुरा सुन्दा हाम्रै जीवनका विभिन्न क्षेत्रमा रहेका बेथितिमाथिको प्रहार हो ‘चक्रवात’ भन्ने बुझेको थिएँ, जहाँ आदर्श प्रेमका कुरा चटपटे मसलाका रुपमा प्रयोग गरिएको छ । तर किताब पढिसकेपछि लाग्यो, एउटा जीवन्त प्रेमकथाको रोमाञ्चक प्रस्तुति रहेछ ‘चक्रवात’ जहाँ जीवनका कहालीलाग्दा चक्रवातहरु नाटकीय ढंगबाट एकपछि अर्को गरी घटिरहेछन् । भलै, लेखकले उपन्यासमा नेपाली राजनीति, सामाजिक विकृतिसँगसँगै प्रशासनिक विसंगतिमाथिको प्रहारलाई केन्द्रबिन्दुमा राख्न खोजेका छन् । तर, उपन्यासका प्रमुख पात्र विनय र आरतीबीचको प्रेम, त्याग र समर्पणले नै उपन्यासलाई केन्द्रित गरेको छ, जसलाई लेखकले आदर्श प्रेमको उपमा दिएका छन् । मलाई थाहा छैन, लेखक स्वयं प्रेमका बारेमा कति जानकार छन् ? तर म यत्ति भन्न सक्छु, लेखकले आफूमा रहेको सामाजिक चेतनाभावलाई आख्यानीकरण गर्ने शिलशिलामा प्रेमभावलाई यति गहिरोसँग घोलिदिएका छन् कि चाहेर पनि यसलाई कसैले अलग गर्न सक्दैन । त्यसैले म भन्छु, यो एउटा प्रेमरसले भरिएको सामाजिक उपन्यास हो जसलाई सबै तह, तप्का या वर्गका पाठकले आफ्नो रूचाइमा पार्न सक्दछन् ।
 
लेखक साँच्चै मलाई बोलाउन चाहनुहुन्थ्यो या एउटा औपचारिकता मात्रै निभाउन चाहनुहुन्थ्यो ? थाहा भएन । तर, पछिल्लोपटक ‘चक्रवात’ १, २ र ३ का लागि प्रकाशक आभा ग्रुपले आयोजना गरेको एउटा अन्तरक्रिया कार्यक्रममा उहाँले मलाई निम्ता दिनुभयो । त्रिचन्द्र कलेजमा राखिएको उक्त कार्यक्रम पक्कै भव्य होला भन्ने लागेकाले म तोकिएको समयको आसपास नै कार्यक्रमस्थल पुगेको थिएँ । अचम्म त के भने, त्यतिबेलासम्म न त्यहाँ कुनै कार्यक्रमको छनक देखिन्थ्यो, न कुनै मान्छे । मलाई लाग्यो, म झुक्किएँ सायद् । तुरून्तै दीप दाजुलाई फोन गरेँ । १२ नम्बर कोठा हो बस्दै गर्नुस्, म आइपुग्न लागेँ– उहाँको जवाफ थियो ।
हाम्रो देशको भौगोलिक विकटता अनि त्यहाँको प्राकृतिक सुन्दरतासँगसँगै त्यस क्षेत्रको सामाजिक जटिलतालाई बडो कलात्मक ढंगबाट प्रस्तुत गरेका छन्, लेखकले उपन्यासमा । विभिन्न गैरसरकारी संस्थाहरुका विकासे कार्यक्रम र त्यसको नकारात्मक प्रभावका बारेमा तिखो वाण हान्न सफल ‘चक्रवात’ ले त्यही विकासे कार्यक्रमलाई इमानदारिता, लगनशीलता र जिम्मेवारीबोधका साथ अघि बढाउने हो भने समाजको रुपरेखा नै बदल्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ । उपन्यासको सुरूदेखि अन्तसम्म नै पाठकहरुलाई रहस्यको चक्रव्यूहमा राख्न सफल छन् लेखक, जसले उनीहरुलाई यति धेरै उद्वेलित बनाउँछ कि चाहेर पनि कोही उपन्यास अधुरो छोड्न सक्दैन । ‘चक्रवात’का तीनवटै भागहरुमा फरक–फरक सामाजिक परिवेशहरुको चित्रण गरिएता पनि पाठकले उपन्यासका हरेक पानाहरुमा खोज्ने विनय र आरतीलाई नै हो । जीवन, दर्शन, राजनीति, सामाजिक उत्तरदायित्वसँगै प्रेम, त्याग र समर्पणले पूर्णतया श्रृंगारिएको छ ‘चक्रवात’ । यही श्रृंगारिकतासँगै लठ्ठिएका पाठकलाई कहीँकतै पेट मिचीमिची हँसाउनु त कतै घिक्का छोडी–छोडी रूवाउनु लेखकको अद्वितीय कला हो, सायद् यो बिरलै लेखकहरुमा भेटिन्छ । ‘चक्रवात’का हरेक भागहरुमा उनले यसरी बिट मारेका छन् कि जसले पाठकलाई न त उपन्यास अधुरो भयो भन्ने लाग्छ, न त उपन्यास अब सकियो भन्ने नै लाग्छ । पहिलो भागमा विनय र आरतीको मिलनभन्दा पहिले नै बिट मारेर पाठकलाई उद्वेलित बनाएका लेखकले दोस्रो भागमा उनीहरुबीचको सम्बन्धमा दरार खडा गरी प्रमुख पात्र विनयलाई लै गायब गराएपछि झनै अब के हुन्छ ? भन्ने छटपटीले तेस्रो भागको प्रतीक्षा गराउँछ । तेस्रो भागमा पाठकले सोच्दै नसोचेको त्याग, समर्पणसँगै सम्झौताको कसीमा लगेर उपन्यासलाई बिट मार्छन् लेखक, तर चलाखीपूर्ण तवरले वैशाख १२ को अकल्पनीय भूकम्पलाई जोडेर चौँथो भागको प्रतीक्षामा बस्न फेरि विवश तुल्याउँछन् उनी । प्रेम, त्याग, समर्पण र सम्झौता समाजमा व्याप्त विकृति, विसंगति र कुरीतिको चक्रव्यूहमा एकपछि अर्को गरी जेलिँदै जाँदा ‘चक्रवात’ले धारावाहिक रुप ग्रहण गरिरहेको छ । न प्रेममा उच्छृंखलता छ, न कुनै छाडा शब्दहरुले स्थान पाएको छ । भाषागत स्पष्टता र प्रस्तुतिगत सरलताले झनै उपन्यास अब्बल देखिएको छ । ‘चक्रवात’को पहिलो र दोस्रो भाग जति उत्कृष्ट छ, त्यति उत्कृष्टता तेस्रो भागमा अलि नदेखिएको हो कि ? भन्ने महसुस गरिएको यथार्थ हो । त्यसो त, दोस्रो भागमा पनि केही कमीकमजोरी नरहेका हैनन् । अनुपमा र उसका बुवा तराई जानेक्रममा सौराहामा दुई दिन बस्छन् र तेस्रो दिन तराईका लागि निस्कन्छन् । निस्कँदा पहिला नारायणगढ अनि हेटौँडा र त्यसपछि कावासोती पुगेको कुरा लेखक उल्लेख गर्छन् । यहाँनेर लेखक तराई जाने बाटोबारे जानकार नभएको हो या अलमलमा परेको हो, बुझ्न सकिएन । यदि पूर्वी तराई जाने हो भने सौराहाबाट हेटौँडा हुँदै जानुपर्ने हुन्छ र यदि पश्चिम तराई जाने हो भने सौराहाबाट नारायणगढ अनि कावासोती हुँदै जानुपर्ने हुन्छ । लेखकको यो कमजोरीलाई सानो मान्न सकिएला, तर यस्ता कमजोरीहरुले पार्ने दीर्घकालीन असरका बारेमा लेखक स्वयं सतर्क रहन जरूरी छ ।
 
पहिलो र दोस्रो भागमा लेखकको कलमले कहीँ न कहीँ उनले जीवनमा भोगेका, देखेका या महसुस गरेका कुराहरुलाई नै उपन्यासमा उता¥यो भन्ने कुराको आभास दिन्छ । तर, कता–कता तेस्रो भागमा उनको कलमले अलि बढी हतार ग¥यो, काल्पनिकताको सहारा लियो र अझ भनौँ, लेख्नैपर्ने बाध्यताको मतियार बन्यो कि ? भनेझैँ लाग्छ । हुन त, यो मेरो व्यक्तिगत बुझाइ हो तर पनि मलाई लाग्छ, कल्पनामा लेखिने कथाभन्दा यथार्थतामा लेखिने कथा जीवन्त हुने गर्छन् । त्यसो त, लेखकहरुमा काल्पनिकतालाई पनि वास्तविकताको छनक दिने खुवी हुन्छ रे ! तर यहाँ प्रिय लेखक त्यसमा पनि चुकेका हुन् कि भन्ने लाग्छ । पहिलो र दोस्रो भागको बिट माराइले पछि आउने भाग अझ रोचक र स्तरीय बन्नेछ भन्ने पूर्वानुमान गर्न सकिन्छ, तर तेस्रो भागको बिट माराइ अलि भिन्न देखिन्छ, जसले अब आउने भागको स्तरीयतामाथि प्रश्न उठाउँछ । उपन्यासका प्रमुख पात्रहरुबीचको रोमाञ्चक प्रेमकथालाई तेस्रो भागको अन्ततिर अलि फितलो रुपमा प्रस्तुत गरेको देखिन्छ । एकातिर कि मृृत्यु कि आरती भन्ने विनयले रश्मीलाई सहज अँगालेको छ भने अर्र्कोितर आफ्नो जीवनलाई नारकीय अवस्थामा पु¥याउने र पटकपटक श्रीमान्कै रुपमा बलात्कार गर्ने विशालको सामान्य प्रायश्चितमा नै आरतीले पुनः स्वीकारेकी छ, जुन स्वाभाविक देखिँदैन । अब आउने भाग चारले पक्कै पनि विनासकारी भूकम्पले निम्त्याएका चक्रवातहरुको फेहरिस्त पस्कने छ भन्नेमा शंका छैन, तर अबको भागमा लेखकले विनय र आरतीको प्रेमलाई कुन रुपमा प्रस्तुत गर्लान्, त्यो भने प्रतीक्षाको विषय बनेको छ । कमजोरीविहीन सायद् व्यक्ति हुँदैन, तर जो व्यक्तिले कमजोरीबाट पाठ सिक्छ र त्यसलाई पुनः दोहो¥याउँदैन, त्यो नै सफल व्यक्ति कहलाउँछ । आशा गरौँ, धारावाहिक उपन्यासका क्षेत्रमा लेखकको यो सफलताले आगामी दिनमा अझ सार्थकता पाउने छ । केही कमीकमजोरीका बाबजुद पनि उपन्यास उत्कृष्ट बनेको छ भन्नेमा शंका छैन । मलाई पूर्ण बिश्वास छ, जसरी ‘चक्रवात’का तिनै भागहरु मैले अविराम पढ्न बाध्य भएँ, त्यसैगरी अबको चौँथो भाग पनि पढ्न पाइयोस् र पूरै रात छर्लंग पार्न सकियोस् । अन्तमा, मेरो सुझाव लेखकलाई उपन्यास राम्रो बनेको छ र फेरि पनि राम्रो बन्नेछ । तर, चुपचाप बसेर पाठकमाझ उपन्यास कसरी पुग्न सक्ला ? जबसम्म रचनाहरु पाठकमाझ पुग्दैनन्, तबसम्म यसलाई स्तरीयताको कसी लगाउन सकिँदैन । अहिलेको हाम्रो सामाजिक परिवेश भनेको बोल्नेको पिठो बिक्छ र नबोल्नेको चामल बिक्दैन भन्ने नै हो । यस अर्थमा उपन्यासलाई बढीभन्दा बढी पाठकहरुमाझ कसरी पु¥याउन सकिन्छ भन्नेतर्फ लेखकको ध्यान जाओस् भन्ने मेरो अनुरोध छ ।


Post a Comment

 
Top