0
गोल्डेन न्यूज संवाददाता
पोखरा पिस क्लवद्वारा आयोजना गरिएको दशौं पोखरा पिस क्रिकेट कप २०७३ को शनिबार एक कार्यक्रमका बीच औपचारिक शुरुवात भएको छ । प्रतियोगिताको प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बलिङ र विशिष्ट अतिथि क्रिकेट एशोसिएशन नेपालका केन्द्रीय सदस्य ऋषि गौतमले व्याटिङ गरी औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पौडेलले खेलकुदको विकासका लागि अब खेलाडीहरुले केवल आप्mनो खेल र त्यसको लक्ष्यतर्फ मात्र सोच बनाउन तर्पm लाग्ने र पूर्वाधार विकासका लागि सरकारले सम्पूर्ण तयारी र संरचनाहरु निर्माणमा लगाउन आफूहरु लागिपरेको बताए । विशिष्ट अतिथि क्रिकेट एशोसिएशन नेपालका केन्द्रीय सदस्य ऋषि गौतमले क्रिकेट विकासका लागि आफू सधै लागिपर्ने र आफ्नो तर्फबाट तन, मन र वचन सहित अगाडि बढ्ने बताए ।  यसअघि क्लवका अध्यक्ष सुजन बरालले स्वागत मन्तव्यसहित सम्पूर्ण सहभागी खेलाडीहरुलाई खेलको अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा रही अनुशासनपूर्वक आफ्नो कौशलता देखाउँदै अगाडि बढ्न सुझाव दिएका थिए ।
प्रतियोगिता अन्तर्गत शनिवार भएको उद्घाटन खेलमा आयोजक पोखरा पिस क्लवलाई ५ विकेटले पराजित गर्दै लेकसाइड युथ क्रिकेट क्लवले सुखद शुरुवात गरेको छ । लेकसाइड युथ क्रिकेट क्लवले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय सहित ब्याटिङमा उत्रेको पोखरा पिस क्लवले निर्धारित २० ओभर पूरा खेलदै ७ विकेटको नोक्सानीमा ८६ रनको योगफल तयार पारेको थियो । उक्त योगफल तयार पार्ने क्रममा पोखरा पिस क्लवका विश्वास गुरुङ्गले २० रन, विकल बरालले १४ रन र अमित सुवेदीले १० रनको योगदान दिएका थिए । लेकसाइडका तर्फबाट गौतम तामाङले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट र राजु तामाङले ४ ओभरमा ११ रन खर्चदै २ विकेट लिन सफल रहे । ८७ रनको लक्ष्यलाई लेकसाइड युथ क्रिकेट क्लवले १४.३ ओभरमा ५ विकेटको नोक्सानी सहित पूरा गरेको थियो । लेकसाइड युथ क्लवका तर्फबाट कप्तान रोमन पौडेलले १४ रन र सन्दीप सुनारले ११ रनको योगदान दिएका थिए । पोखरा पिस क्लवको तर्फबाट बिमल बरालले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका थिए । प्रतियोगिताको पहिलो उद्घाटन खेलमै ह्याट्रिक लिन सफल लेकसाइड युथ क्रिकेट क्लवका गौतम तामाङ उक्त खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । क्लवका सल्लाहकार तेजनारायण अधिकारीले म्यान अफ दी म्याच गौतम तामाङलाई पुुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्तर्गत आइतबार २ खेलहरु हुनेछन् । पहिलो खेल बिहान ९ बजे सांग्रिला क्रिकेट क्लव पोखरा र राइजिङ क्रिकेट क्लव पोखराका बीच र दोस्रो खेल दिउँसो १ बजे स्याङजा युनाइटेड क्रिकेट क्लव स्याङ्गजा र पोखरा क्रिकेट क्लव पोखराका बीच हुने आयोजकले जनाएको छ ।



Post a Comment

 
Top