0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. १२ स्थित शितलादेवी सामुदायिक उच्च माविमा नयाँ व्यवस्थापन समिति र अभिभावक संघ गठन भएको छ ।
शनिबार विद्यालयमा आयोजित एक भेलाले विद्यालय व्यवस्थापन समिति र अभिभावक संघमा नयाँ नेतृत्व चयन गरेको हो । भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः टीकाबहादुर कार्कीलाई चयन गरेको छ । नेपाल सरकारको नयाँ नियमावली अनुसार गठन गरिएको विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा शिरोमणि बराल, श्रीकृष्ण लामिछाने, शान्ति लामिछाने, कमला कार्की, पूर्णकुमारी कार्की र सदस्य सचिवमा विद्यालयका
प्रअ बाबुराम अधिकारी रहेको विद्यालयकी शिक्षिका टीकादेवी बरालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन । शिक्षिका पराजुलीका अनुसार अभिभावक संघको अध्यक्षमा सुवास पौडेल चयन भएका छन् । विद्यालय निरीक्षक खेमराज पौडेल संयोजक रहेको निर्वाचन समितिले विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको निर्वाचन गरेको हो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि एवं विद्यालय निरीक्षक खेमराज पौडेल, अभिभावक संघका अध्यक्ष शिरोमणि बराल, विद्यालयका शैक्षिक योजना तर्जुमा समितिका सदस्यद्वय डा. अनिल सुवेदी र डा. कृष्ण केसी, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य ऋषवदेव बाँस्तोला लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रम संचालन शिक्षक विष्णु कुमार श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top