0
गोल्डेन न्यूज संवाददाता
विश्व बजारमा ख्यातिप्राप्त कम्पनी इन्टेक्सले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बैंककको राजधानी थाइलाइण्डमा गत जेनवरी ५ मा इन्टेक्स क्यÒ ७ एन् प्रो सार्वजनिक गरेको हो ।  बनावट र प्रविधिको आधारमा उत्कृष्ट यो स्मार्टफोन नेपालका ५५ वटा बिक्रेता र कम्पनीका कर्मचँरी माझ, नेपालमा इन्टेक्सका लागि आधिकारिक बिक्रेता कम्पनी चौधरी ग्रुपका वरिष्ठ सामान्य प्रबन्धक रमेश श्रेष्ठले सार्वजनिक गरेका थिए । साथैै ग्राहकहरूले हरेक इन्टेक्स क्यू ७ एन् प्रोको खरिदमा वाएरलेस हेडसेट सित्तैमा प्राप्त गर्ने जानकारी दिए । कार्यक्रममा २०७२÷०७३ सालमा कम्पनीको वार्षिक बिक्री, सर्वाधिक बिक्रेताहरूलाई सम्मानका साथै सबै बिक्रेताहरूको कदर गरेका थिए ।   यस्तै, सार्कस्तरीय इन्टेक्स प्रमुख जयस सिन्हाले ग्राहकहरूको चाहनाअनुसार स्मार्टफोन अझ प्रभावकारी ढंगले आउने बताउूदै ग्राहकहरूलाई प्रदान गर्ने सेवालाई उच्च प्राथमिकता राखेको बताए ।

Post a Comment

 
Top