0
गोल्डेन न्यूज संवाददाता
तीन देखि पाँच बर्ष उमेर समूहका वालवालिकालाई लक्षित गरी सञ्चालन गरिएको प्रारम्भिक वाल विकास केन्द्र प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । वालवालिकाको लागि बिद्यालय शिक्षाको आधार तयार गर्नेगरी सञ्चालन गरिएको वालविकास केन्द्रले वालवालिका सहित शैक्षिक गुणस्तर सुधार तथा अभिभावकमा समेत सकारात्मक प्रभाव परेको उनीहरुको ठहर छ ।एक्सन एड नेपालको सहयोगमा वाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीले ढिकुरपोखरी, दाङसिङ र भलाममा सञ्चालन गरेको प्रारम्भिक वालविकास केन्द्रले त्यस क्षेत्रमा सकारात्मक प्रभाव छोड्न सफल भएको सम्बन्धित वाल विकास केन्द्रका प्रमुखले बताएका छन् । गाय जोसेफ प्रारम्भिक वाल विकास केन्द्र ढिकुरपोखरीका संयोजक सूर्य परियारले वाल विकास केन्द्रकै कारण खारेज हुने अबस्थामा पुगेको स्थानिय महेन्द्र सामुदायिक बिद्यालय हाल सम्म सञ्चालनमा रहेको बताए । उनका अनुसार ४ जना बिद्यार्थीले धानेको सो बिद्यालय वाल विकास केन्द्र सञ्चालनपछि हाल नमुना बिद्यालयको रुपमा स्थापित भएको छ । वाल विकास केन्द्रले वालमैत्री शिक्षा, वालमैत्री बिद्यालय भवन, वालमैत्री ब्यवहार लगायतका विषयमा शिक्षक, अभिभावक सबैलाई सचेत बनाएको उनले बताए । तीन बर्षअघि सञ्चालित यो परियोजना आगामी जनवरीमा समाप्त हुने भएकाले परियोजनाको म्याद थप गर्न पनि सम्बन्धित सरोकारवालाहरुले माग गरेका छन् । परियोजनाको क्षेत्र विस्तार गर्दै यसअघि सञ्चालित केन्द्रलाई अझ वलियो बनाउनुपर्नेमा उनीहरुले जोड दिए । पोखरामा आयोजित प्रारम्भिक वालविकास सम्बन्धि राष्ट्रिय सिकाई कार्यशाला गोठीमा शिक्षाविद् केदारभक्त माथेमाले वाल विकास केन्द्रको कारण बढी रकम तिरेर मन्टेश्वरीमा राख्न नपर्ने, अभिभावक फुर्स्दिला हुदा अन्य आयआर्जनको काममा लाग्न सक्ने बताए । उनले वाल विकास केन्द्र अभिभावकको सिकाई स्थाल समेत हुने बताए । सामाजिक एकता अभिबृद्धि गर्दै सामुदायिक शिक्षाको स्तरोन्नतीमा पनि वाल विकास केन्द्रले मद्दत गरेको उनले स्पष्ट पारे । वाल वालिकाको लागि उपयुक्त वाताबरण तयार गर्नु सरकारको पनि दायित्व भएकाले नीजि र सरकारी शिक्षाको विभेद अन्त्यका लागि पनि वालविकास केन्द्रले सहयोग गर्ने माथेमाले बताए । कास्कीका स्थानिय विकास अधिकारी बलराम ढकालले परियोजनालाई अझै निरन्तरता दिन आग्रह गरे । उनले सामुदायिक बिद्यालयमा शिक्षण सिकाईको कमिको कारण नतिजा राम्रो आउन नसकेको बताए । जिल्ला शिक्षा समितिको तर्फबाट परियोजना अन्तर्गत सञ्चालित वाल विकास केन्द्रको लागि निरन्तर सहयोग रहने उनले प्रतिबद्धता जनाए ।
महिला तथा वालवालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसी र निमित्त जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले वाल विकास केन्द्रको यो परियोजना लाई लम्ब्याउन आग्रह गरे । बिद्यालय जानको लागि वालवालिका लाई तयारी गर्ने स्थलको रुपमा रहेका वालविकास केन्द्र निकै प्रभावकारी भएकाले सबै स्थानमा यसको आवश्यकता रहेको उनीहरुले बताए । एक्सन एड नेपालका अध्यक्ष विमल फुयालले कास्की सहित देशका २० भन्दा बढी जिल्लामा संस्थाले काम गरिरहेको जानकारी दिदै समुदायमा आधारित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । सोहि संस्थाकी कार्यक्रम संयोजक सोमिना राईले वाल शिक्षालाई गुणस्तरीय बनाउनका लागि तीन बषदेखि कार्यक्रम सञ्चालन गरिरहेको र त्यसले सकारात्मक प्रभाव पारेको बताइन् । वल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीकी अध्यक्ष रजनी श्रेष्ठले संस्थाले हालसम्म गरेका कामको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रममा सबै वाल विकास केन्द्रको तर्फबाट प्रगति विवरण प्रस्तुत गरिएको थियो ।





Post a Comment

 
Top