0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वठा नं. २६, सराङ्कोटस्थित स्थानीयका जग्गा सुकुम्बासीका नाममा स्थानीय भूमिपतिहरुले नै हड्पेको रहस्य खुलेको छ । ती करोडौं मूल्यका जग्गा स्थानीय गोकुल तिमिल्सिनाको नाममा रहेको बताइन्छ । कित्ता नं. २५६ को २८ रोपनी जग्गा त्यहाँका भूमिपति कहलिएका रामनाथ भण्डारी, विन्दुप्रसाद सुवेदी, रजनी कोइराला, रंगनाथ तिमिल्सिना लगायतले ४÷५ रोपनीका दरले भागवण्डा गरि हड्पेको पीडित मनहरि तिमिल्सिनाले दावी गरेका छन् । उक्त विषयमा बिहीबार आयोजित एक कार्यक्रममा पीडित तिमिल्सिनाले यस्तो गुनासो गरेका हुन् । पीडित मनहरिका अनुसार उक्त जग्गा उनका बाजे गोकुल तिमिल्सिनाले १९९७ सालदेखि तिरो तिर्दै आएको र २०३२ सालको नापीले सरोकारवालाहरुको उपस्थिति बिनै पर्ति जग्गा भनि उल्लेख गरिदिएको थियो । नापीको यो कदम विरुद्ध भूल सुधारका लागि पीीडतहरुले तत्कालिन क्षेत्रीय अदालतमा मुद्धा दायर गरेका थिए । तर क्षेत्रीय अदालतले उनीहरु विरुद्ध फैसला ग¥यो । घटनाक्रम अनुसार पीडित तिमिल्सिनाले पुनः सर्वोच्च अदालतमा मुद्धा दायर गरे ।  सर्वोच्च अदालतले २०५१ साल असोज १२ गते नापी र क्षेत्रीय अदालतले गरेको निर्णय, फैसला उल्ट्याउँदै उक्त जग्गा पुनः गोकुल तिमिल्सिनाका छोरा षडानन्द तिमिल्सिनाको नाममा दर्ता गर्नु भनि आदेश दियो । उक्त समयमा सर्वोच्च अदालतले जग्गा तिमिल्सिनाकै नाममा गरिदिन मालपोत कार्यालय कास्कीलाई आदेश दिएको सवूत प्रमाण आफूसंग सुरक्षित रहेको उनले बताए । तर सर्वोच्चको फैसला विपरित २०५२ सालमा गठन भएको सुकुम्बासी आयोगको निर्णय भनि भू–माफियाहरुले उक्त कित्ताको किर्ते कागजात तयार गरि आयोगकै पदाधिकारीका आफन्तहरुमा भागवण्डा गरेर जग्गा हडपेको उनले बताए । पीडित तिमिल्सिनाले भने–‘यसरी जग्गा हडप्नेहरु सुकुम्बासी नभइ पोखरा र काठमाडौंमा घर भएका धनी ब्यक्तिहरु हुन् ।’ सुकुम्बासी आयोगको नाममा ४÷५ रोपनी भन्दा धेरै प्रतिब्यक्ति भागवण्डा गरि जग्गा हड्पेको विषयमा आफूहरुकोमा पनि निवेदन परेको र सो को विषयमा छानविन भइरहेको शिवसेना नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनले पीडितकोेतर्फबाट न्यायका लागि आफूहरु लड्ने र कर्मचारीहरुकै मिलेमतोमा हुने यस्ता प्रकारका क्रियाकलापहरु अविलम्ब रोकिनुपर्नेमा उनले जोड दिए ।  कार्कीले यो मात्र नभइ पोखरा र आसपासका यस्तै कैयौं समस्याहरु आफूहरु समक्ष आएको र सो सम्वन्धमा सरोकारवालाहरुका बीचमा छलफल भइरहेको बताए । उनका अनुसार लेखनाथको शिशुवामा ८८३, ८८०, १०४६, ४१४, ४१६ कित्ताका ५७ रोपनी जग्गाहरु यस्तै किचलोमा रहेको छ । हाल मिठुदेवी प्रधान र राधादेवी कर्माचार्यको नाममा रहेको उक्त जग्गा आफ्नो रहेको कार्यक्रममा उपस्थित नारायण बहादुर श्रेष्ठले दावी गरे । कार्यक्रममा बोल्दै विश्वहिन्दू महासंघ नेपालका केन्द्रीय सदस्य पदम शंकर गिरीले सत्ता र शक्तिको आडमा सोझा साझा मानिसहरुलाई गुमराहमा पारेर दुःख दिनेहरुका विरुद्धमा सवै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले शिवसेना नेपालले जग्गा गुमाएर पीडित भएकाहरुलाई सहयोग गर्न लागेकोमा खुसी लागेको बताए । शिवसेना नेपालका कास्की अध्यक्ष कृष्णा केसीको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सचिव शर्मिला बानियाले गरेकी थिइन ।


Post a Comment

 
Top