0
गोल्डेन न्यूज संवाददाता
पोखरा–४, स्थित उद्धार बाल विकास केन्द्रले आफ्ना केन्द्रमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । कपडा वितरण गर्दै कार्यक्रमकी प्रमुख अतिथि वडा सचिव सीता कोइरालाले आजका बालबालिका भोलिको कर्णधार भएको भन्दै बालबालिकालाई आफ्ना आधारभूत कुराबाट बञ्चित गराउन नहुने बताइन । वडा समन्वय समितिकी संयोजक भगवती कोइरालाले बालबालिकाको खानपिन, रहन–सहन र सरसफाइमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिइन । केन्द्रकी अध्यक्ष गोमा गोदारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोमा कोइराला सुवेदीले  स्वागत र संचालन अम्विका कोइरालाले गरेकी थिइन ।  उक्त न्यानो कपडाका लागि केन्द्रकी कोषाध्यक्ष सविता पराजुली र कार्यसमिति सदस्यहरु नर्वदा कोइराला, सर्मिला पराजुली, लक्ष्मी कोइराला र रञ्जिता कोइरालाले आर्थिक सहयोग गरेका थिए ।
२०६५ सालमा स्थापित केन्द्रमा हाल २ वर्ष मुनिका २४ जना बालबालिका रहेका छन् । 


Post a Comment

 
Top