0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ–१३ मा रहेको गोगन माविद्वारा  विद्यालयको शैक्षिक एवं भौतिक विकासमा सहयोग पु¥याउदै आका शिक्षाप्रेमी, शिक्षक र कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरुमा विद्यालयका पूर्व प्रधानाध्यापक मोहनराज बराल, शिक्षक मधुसुधन सापकोटा, एलिशा केसी, सम्मरबहादुर बस्नेत, विनोद भण्डारी र विनोद कुमाल रहेका छन् भने चन्द्र–रत्न स्मृति अक्षयकोषबाट १२ जना विद्यार्थीहरु समेत सम्मानित भएका छन् । विद्यालयको ४७औं वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा निर्माण भएको चार कोठे नयाँ भवनको उद्घाटन गर्दै क्षेत्रीय शिक्षा निर्देशक बिष्णुप्रसाद अधिकारीले सरकारको तर्फबाट शिक्षा क्षेत्रमा भएको ठूलो लगानीलाई खेर जान नदिई आर्थिक अभावमा कोहीपनि विद्यार्थीहरु शिक्षाको उज्यालोबाट बञ्चित हुन नहुने स्पष्ट पारे । विद्यालयको शैक्षिक विकासमा लागि अभिभावक, शिक्षक र विद्यार्थीहरुको त्रिपक्षीय एकता आवश्यक रहेको भन्दै उनले व्यवहारिक, प्रयोगात्मक, प्राविधिक शिक्षा भएकाले विद्यार्थीको सिकाई जीवन्त र प्रतिस्पर्धामा उत्रिन सक्ने खालको हुनुपर्नेमा जोड दिए। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालयका उप–निर्देशक खेमराज पौडेल, विद्यालय निरीक्षक विश्वराज आचार्य, स्रोत ब्यक्ति विष्णुप्रसाद तिवारी, शिक्षक युनियनका पूर्व अध्यक्ष जगननाथ अधिकारी, नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष शिरोमणि लामिछाने, नेपाली कांग्रेसका लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने, नेकपा माओवादी केन्द्रका लेखनाथ नगर अध्यक्ष शिवजी लामिछाने, नेकपा एमालेका नगर सचिव मोहन गुरुङ, विद्यालयका दाता श्रीप्रसाद पन्थी, बुद्धिमान गुरुङ, ब्यवस्थापन समितिका सदस्य अर्जुन मल्ल, विद्यार्थी कामना पौडेल र लेखनाथ न्यौपाने लगायतले विद्यालयको शैक्षिक विकासका लागि सबैको सहकार्य आवश्यक भएको बताएका थिए । कार्यक्रममा गत शैक्षिक सत्रमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । विद्यालयका शिक्षक झलक शर्मा र पार्वती गुरुङले संचालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डम्वरप्रसाद पौडेलले तीन करोड ४१ लाख ६६हजारको अनुमानित वजेतसहित विद्यालयको प्रगति विवरण र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

Post a Comment

 
Top