0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ लेखनाथ सेभेन लेकसिटीको दास्रो पदस्थापन कार्यक्रम कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल अर्घौं अर्चलेमा सम्पन्न भएको छ। वर्ष २०१६÷ ०१७ का अध्यक्ष मधुसुधन कोईरालाको टिमलाई लायन्स क्लव ३२५ वी १ नेपालका डिष्ट्रिक्ट गर्भनर बालकृष्ण बुर्लाकोटीले पद तथा गोपनीयताको सपथ खुवाउँदै पदस्थापन गराएका थिए।  कार्यक्रममा बोल्दै सासंद यज्ञवहादुर थापाले सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लवको महत्व र उपयोगितालाई ग्रामिण क्षेत्रसम्म पु¥याउनुपर्नेमा जोड दिंदै प्रजातन्त्रिक प्रणालीमा अगाडि बढ्ने लायन्स क्लवले दिन दुःखी, शैक्षिक विकास र वातावरणको क्षेत्रमा गरेको कामले समाजमा सकरात्मक सन्देश जाने विचार राखेका थिए।  सोही अवसरमा डिष्ट्रिक्ट गर्भनर बालकृष्ण बुर्लाकोटीले लायन्स क्लव अफ लेखनाथ सेभेन लेकसिटीले स्थापनाको छोटो समयमा पनि लेखनाथ नगर क्षेत्रको सामाजिक विकासमा देखाएको अग्रसरताको उच्च प्रशंसा गर्दै लायन्सको अभियानलाई अब टोल टोलमा पु¥याउनुपर्नेमा जोड दिए। लायन्स क्लव अफ लेखनाथ सेभेन लेकसिटी बर्ष २०१५÷०१६ का अध्यक्ष अशोक बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति वामदेव ढुंगाना, चियर डिष्ट्रिक्ट एड्भाईजर ईन्दु लम्साल, चियर एक्सटेन्सन गभर्नर विश्वेश्वर आचार्य, रिजन चियर प्रशन सुदिपराज ढुंगाना, मायाँ लम्साल, जोन चियनर पर्सन शैलेन्द्र मोहन भट्टराई, विनोद ढुंगाना, लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता संस्थाका अध्यक्ष बोधराज लामिछाने, पूर्व जनप्रतिनिधि नारायण बराल लगायतले लायन्स क्लवको मानवीय सेवामा काम गर्दै आएको सामाजिक संस्था भएको बताएका थिए। लायन्स क्लव अफ लेखनाथ सेभेन लेकसिटिका सचिव बद्रिनाथ भण्डरीले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन अध्यक्ष मधुसुधन कोईराला, स्वागत मन्तव्य प्रथम उपाध्यक्ष शिवप्रसाद भण्डारी र ध्वजाको अभिवादन तोयनाथ अधिकारीले गरेका थिए।






Post a Comment

 
Top