0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा कैलाश चौतारीले लेखनाथको लामेआहाल स्थित राधाकृष्ण बृद्धाश्रमका बृद्धाबृद्धालाई तरकारी, फलफूल तथा लत्ताकपडा वितरण गरेको छ । क्लवले आफ्नो बार्षिक कार्यतालिका अनुसार ५० हजार मूल्य बरावरको खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बी १ नेपालका डिष्ट्रिक्ट एडभाइजर रामचन्द्र पोखरेलले बृद्धाश्रमका ज्येष्ठ बृद्ध सदस्य ९३ बर्षीय मनकुमारी श्रेष्ठलाई फलफूल तथा लत्ताकपडा प्रदानगरि कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि पोखरेलले कैलाश चौतारी भर्खरै गठन भएको नयाँ क्लव भएरपनि रक्तदान, खाद्यान्न र लत्ताकपडा वितरण लगायतका सामाजिक कार्यहरु गर्दे आएको बताए । उनले समाजमा बिभिन्न सेवा र सुविधाबाट बन्चित सर्वसाधारणलाई यसक्षेत्रका क्लवहरुले विभिन्न सेवाहरु प्रदान गर्दै आएको बताए । कार्यक्रमका विशेष अतिथि एवं  जोन चियरपर्सन नरहरि पौडेलले समाज सेवाका लागि स्थापना भएको छोटो समयमानै क्लवले पुराना र स्थापित क्लवहरुका जस्ता महत्तवपूर्ण कार्यगरेको भन्दै आगामी दिनहरुमा अझ सशक्तरुपमा समाज सेवामा लाग्न आग्रह गरे । राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले, समस्यामा परेका दिनदुखीको सहयोगका लागि क्लवले गरेको सहयोगको सह्राना गर्दै आगामी दिनहरुमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीका अध्यक्ष पवित्रमणि पोखरेल, तुलबहादुर थापा, नवराज वाग्ले लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  क्लवले बृद्धाश्रममा रहेका १७ जना महिला, १५ जना पुरुषलाई तरकारी, फलफूल र लत्ताकपडा लगायतका सामाग्री वितरण गरेको हो । तीन महिना अघिमात्र स्थापित कैलाश चौतारीले यसअघि रक्तदान कार्यक्रम आयोजना गरेको थियो । क्लवमा पोखराको सर्वेश्वर मार्गमा ब्यवसाय गर्दै आएका ब्यवसायीहरु को आवद्धता रहेको छ । कार्यक्रम सञ्चालन क्लवका सचिव लेखनाथ सुवेदीले गरेका थिए। कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष यादव प्रसाद पोखरेलले गरेका थिए भने कार्यक्रमको संयोजन क्लवका सदस्य मुक्ति दाहालले गरेका थिए ।

Post a Comment

 
Top