0
गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथ नगरपालिका वडा नं.१३, राजाका चौतारमा रहेको व्रम्हरुपा माविमा आइतबार दुई अक्षयकोष स्थापना भएको छ । विद्यालयको ३७औं वार्षिकोत्सव, अभिभावक दिवसको अवसरमा विद्यालयको विद्यालयको सामाजिक, शैक्षिक विकास र गरिब, जेहेन्दार विद्यार्थीलाई  वार्षिक रुपमा छात्रवृद्धि प्रदान गर्नका लागि अक्षयकोष निर्माण गरिएको हो । विभोर–सोसाइटी डेभलपमेन्ट बैंकका कार्यकारी अधिकृत झलकप्रसाद खनाल र विद्यालयका भू.पू. विद्यार्थी एवं समाससेवी बामन कुमार खनालले छुट्टा–छुट्टै रुपमा २ लाख रुपैयाँ बढीको अक्षयकोष स्थापना गरेका हुन् । झलकप्रसादले  आफ्नी स्व. छोरीको नामबाट  एकलाख रुपैयाँको र बामन कुमारले आफना पिता÷माता शलिकराम–छली मायाको नाममा एक लाख ११ हजार एक सय ११ रुपैयाँ अक्षयकोषका लागि प्रदान गर्ने घोषणा गरेका हुन् । जुन  गर्नेगरी सो अक्षयकोषको स्थापना गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै  कास्कीका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमले सामुदायिक विद्यालयले लगानी, उत्पादन र योजनामा जोड दिनुपर्ने पर्ने बताएका छन्। जिल्ला शिक्षा अधिकारी गौतमले गुणस्तरीय शिक्षाका लागि सरकारको ठूलो लगानी रहेको हुँदा  सामुदायिक विद्यालयले लगानी उत्पादन र योजना र ब्यवहारिक एवं प्रयोगगात्मक शिक्षाको माध्यमवाट सामुदायिक विद्यालयको शैक्षिक विकास गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने–‘निजी विद्यालयतर्फ विद्यार्थीहरु लाई सामुदायिक विद्यालयमा ल्याउनका लागि अंग्रेजी माध्यमको अध्ययन अध्यापन गराई शैक्षिक प्रतिस्पर्धामा उतार्न सक्ने जनशक्ति उत्पादन गर्नु नै आजको आवश्यकता रहेको छ, र यस विद्यालय कास्की जिल्ला कै कम्प्युटर इन्जिनियरिङमा उत्कृष्ट विद्यालय भएकोले र यहाँका विद्यार्थीहरुले गरेको विज्ञान प्रदर्शनीमा  गरेको प्रयास अतिनै राम्रो छ ।’विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम बस्नेतको अध्यक्षता भएको कार्यक्रममा विद्यालय निरीक्षक विश्वराज आचार्य, पूर्व अध्यक्ष  टिकाराम पगेनी पूर्व नेपाल शिक्षक संघका उपाध्यक्ष रमेश भट्टराइर्, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्रमणि लामिछाने, भण्डारढिक स्रोत केन्द्र्रका स्रोत व्यक्ति विष्णुप्रसाद तिवारी, त्रिभुवन शान्ति माध्यमिक विद्यालयका मित्रलाल सापकोटा,  शिक्षक युनियनका अध्यक्ष जगन्नाथ अधिकारी, व्यवस्थापन समितिकी सदस्य समाजसेवी रमा नेपाली, अपाङ्ग मैत्री संघ लेखनाथका उपाध्यक्ष मोहन कुमार प्रधान, एजिटीएस पृथ्वीनारायण क्याम्पसका अध्यक्ष शिशिर ओझा, भू.पू. प्रधानाध्यापक  नन्दप्रसाद अधिकारी, विद्यालयका शिक्षक बलराम अधिकारी लगायतले विद्यालयको शैक्षिक विकासका लागि गुणस्तरीय शिक्षाका वारेमा जोड दिएका थिए । विद्यालयका प्रधानाध्यापक दुर्गालाल पण्डितले विद्यालयको वार्षिक प्रतिवेदन र भावी योजका बारेमा जानकारी दिदै दुई करोड ५० लाख ५ हजार आठ सय ३० रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेका थिए । विविध सांस्कृतिक कार्यक्रम, विज्ञान प्रर्दशनी र पिटीवाट शुरु भएको कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा सहयोग पुर्याउँदै आएका शिक्षक, कर्मचारी एवं पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सदस्य लगायत गत शैक्षिक सत्रमा उत्कृष्ट स्थान हाँसिल गर्न सफल छात्र–छात्रालाई प्रमुख अतिथिबाट पुरस्कार वितरण गरिएको थियो । विद्यालयका शिक्षक  विश्वमोहन पौडेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सह–प्रधानाध्यापक जनार्दन सुवेदी र  छात्रा निश्वान बस्नेतले राखेका थिए ।





Post a Comment

 
Top