0
गोल्डेन न्यूज संवाददाता
पोखरामा जारी वडा स्तरीय फुटवल प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालामा सेमिफाईनलका खेलहरु हुने भएको छ । पोखरा वडा नम्बर १६ र पोखरा–१३ बीचको खेल पहिलो सेमिफाईनल हुने भएको छ भने दोश्रो सेमिफाईनल खेलमा पोखरा–१४ बिरुद्ध पोखरा–२७ बीच खेल हुने भएको हो । आइतबारको खेलमा जित हासिल गरी ४ टोली सेमिफाईनल मा यात्रा बनाएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । आईबतार विहान भएको खेलमा पोखरा–२५ पुम्दी भुम्दीलाई पोखरा १६ ले ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पोखरा १६ को जितमा दिनेश अधिकारीले दुई, मिलन केसी र ईश्वर वानियाले एक एक गोल गरेका हुन । दोश्रो क्वाटरफाईनल खेलमा पोखरा–१३ ले पोखरा–६ लाई ५–१ को गोल अन्तरले पराजित गरेको हो । पोखरा १३ को जितमा नवराज गुरुङ र सुनिल विकेले दुई÷दुई गोल गर्दा सामसुल्दीन मियाले एक गोल गरेका हुन । पोखरा–६ का अनिल विकेले सान्त्वना एक गोल गरे । निकै प्रतिस्पर्धामा सम्पन्न भएको तेश्रो क्वाटरफाईनल खेलमा सडेन डेथमा पोखरा–१४ ले पोखरा–१२ लाई पराजित गरेको हो । निर्धारित र अतिरिक्त समयमा दुबै तर्फ गोल रहित बराबर हुदै टाईब्रेकरमा पनि दुबै तर्फ ४–४ गोलले खेल बराबरीमा पुगे पनि निर्णायकको अन्तिम विकल्प खेल सडेन डेथमा पुगेको हो ।  सडेन डेथमा पनि पहिलो पटक दुबै तर्फका एक एक जना खेलाडीले हान्दा बराबर भए पछि दोश्रो पटकमा पेनाल्टी सुट हान्दा पोखरा–१२ का खेलाडीले गोल गर्न चुके पछि सडेन डेथमा १–० ले पोखरा–१४ ले जित हासिल गर्दा पोखरा १२ प्रतियोगिताबाट बाहिरिएको हो । अन्तिम क्वाटरफाईनल खेलमा पोखरा–२७ हेमजाले पोखरा–१० लाई अतिरिक्त समयमा २–१ को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । निर्धारित समयमा दुबै तर्फ खेल बराबरीमा टुंगिए पछि अतिरिक्त समय ७÷७ मिनेटको खेलाईएकोमा अतिरिक्त समयमा पोखरा २७ का रोसन केसीले निर्णायक गोल गरेका हुन । निर्धारित समयमा पोखरा–२७ का समिर कार्की र पोखरा–१० का रिदेश गुरुङले एक–एक गोल गरेका थिए। पोखरा उप–महानगरपालिकाको आयोजना, जिल्ला खेलकुद विकास समिति कास्कीको संयोजन, एन्फा कास्कीको व्यबस्थापनमा करिब दुई दशक पछि पोखरामा प्रतियोगिता पहिलो पटक भएको हो ।



Post a Comment

 
Top