0
गोल्डेन न्यूज संवाददाता
पाहुना टोली बंगलादेशको नारायणगञ्ज फुटवल क्लवलाई पराजित गर्दै सीएमजी संकटाले मनाङ–मस्र्याङ क्लवसंग सेमिफाईनल खेलमा यात्रा तय गरेको छ । आहारारा गोल्ड कपमा पहिलो पटक सहभागी बंगलादेशको नारायणगञ्जलाई संकटाले २–० ले पराजित गर्दै डिफेण्डिङ च्याम्पियन लक्ष्मी हुण्डाई–मनाङ मस्र्याङदीसंग प्रतिस्प्रर्धा गर्ने यात्रा तय गरेको हो । मंगलबार भएको अन्तिम क्वाटरफाईनल खेलमा संकटाको जितमा निराजन खड्का र विश्वास श्रेष्ठले एक–एक गोलको योगदान दिए । खेलको ५३औं मिनेटमा निराजन खड्काले एक गोल गरी आफ्नो टिमलाई १–० ले अग्रता दिलाए। गोलको संकट परेको अवस्थामा विदेशी खेलाडी लार्वाले दिएको पास वलमा पेनाल्टी एरिया नजिकबाट खड्काले गोल गरेका हुन ।  दोश्रो हापको इन्जुरी समयको एक मिनेटमा विश्वास श्रेष्ठले एक गोल गरी आफ्नो टिमलाई २–० ले अग्रता दिलाएका हुन् । थपिएको ४ मिनेटको इन्जुरी समयमा पनि बंगलादेशको टिमले एक गोल पनि गर्न सकेन । पहिलो हापमा दुबै तर्फ गोल हुन नसके पछि दोस्रो हापमा संकटाले आफ्नो टिममा देखिएको गोलको संकट टार्दै सेमिफाईनलको यात्रा तय गरेको हो । खेलमा म्यान अफ दी म्याच संकटाका अफिज घोषित भए । बंगलादेशको फ्रासगञ्ज एस सि प्रतियोगितामा नआएपछि आयोजकले हतार–हतारमा बंगलादेशकै नारायणगञ्ज फुटवल क्लवलाइ निम्तो दिएपछि उक्त टिम सहभागी भएको हो ।  आफूहरुलाई छोटो समयमा खवर गरेकोले हतारमा आएको हुनाले धेरै थकान भएकोले र पोखरामा पहिलो पटक सहभागी भएकोले संकटा विरुद्धको खेलमा पराजित हुनुपरेको नारायण गञ्जका प्रशिक्षक मोहम्मद ओस्टाफले बताए ।  त्यसैगरी सहायक व्यवस्थापक सेफ अस्लामले आफूहरुसंग ४ जना राष्ट्रिय खेलाडीहरु भएपनि पहिलो हापको १८औं मिनेटमा पहिलो रोजाईको गोलरक्षक घाइते हुनु आपूmहरुलाई दुर्भाग्य भएको बताए । खेलको १७औं मिनेटमा मोहम्मद राजीव घाईते भएपछि उनको स्थानमा सौरव सरकार गोलरक्षकमा रहेका थिए । गोलरक्षक घाईते हुँदा करिब ५ मिनेट खेल संचालन हुन सकेन ।  संकटाका प्रशिक्षक सल्यान खड्गीले पहिलो हाफमा गोल नभएको कारणले गर्दा दवावमा परेको बताए। मनाङ बिरुद्धको खेलमा सुधार गर्ने उनले बताए । खेलको १४औं मिनेटमा मोम्मद सैफाटले करिब ३० यार्डबाट प्रहार गरेको वल सेकेण्ड वार नजिक पुग्दा संकटाका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे । खेलको १५औं मिनेटमा कप्तान राजनले प्रहार गरेको वल क्रस वारमा लागेर रिवाउण्ड भएको थियो । राम्रो गोल हुने अवसर गुमेसंगै टिमलाई दुर्भाग्य सुरु भएको थियो । पहिलो रोजाइका गोलरक्षक खेलको १८ औं मिनेटमा परिवर्तन गर्नु थप संकट पाहुना टोलीलाई निम्तिएको थियो । 

त्यस्तै केहि अवसरहरु सदुपयोग हुन नसक्दा आहारारामा सहभागि भएका तीनै विदेशी टिमले यस बर्षको आहाराराबाट विदा लिएका हुन । यसअघि भारतको सिक्किम युनाईटेट र अमेरिकाको एएनए समूह पनि पहिलो चरणको खेलबाटै बाहिरिएका हुन् ।  खेलको १७औं मिनेटमा संकटाका साजन थापाले करिब ६ यार्डबाट प्रहार गरेको वल विपक्षी गोलरक्षकले उत्कृष्ट बचाउ गरे । त्यसै गरी विश्व अधिकारी, अमित तामाङ, अफिजको केहि अवसर खेर जादा अझ गोल अन्तर फराकिलो पार्न चुक्यो । अन्य दिनको तुलनामा मंगलबारको खेलमा दर्शकको सङख्या केहि घटेको थियो । बुधबार गत बर्षको उपविजेता विभागीय टोली त्रिभुवन आर्मी क्लव बिरुद्ध आयोजक सहारा क्लव बीच पहिलो सेमिफाईनल खेल हुनेछ।



Post a Comment

 
Top