0
गोल्डेन न्यूज संवाददाता
सिप्रदी अटो पार्टस्ले विक्री वितरण गर्दै आइरहेको टाटा च्यापियन जोनको पोखरामा शाखा विस्तार भएको छ । पोखराको नयाँबजारमा सिप्रदीको डिलर गोयल ट्रेडर्स पोखराले शाखा विस्तार गरेको हो । शाखाको एक औपचारिक कार्यक्रमकाबीच प्रमुख अतिथि टाटा मोटर्स, टेरिटोरी पार्टस्का मेनेजर कौशिक शाहले उद्घाटन गरे । टाटा च्याम्पियन जोनमा टाटा कम्पनीका कमर्सियल गाडीहरुको ओरजिनल पार्टस्हरु सुपथ मुल्यमा पाइने सिप्रदी अटो पार्टस् प्रा.लि.का डेपुटी म्यानेजर गुणबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार च्याम्पियन जोन टाटाको जेनुइन पार्टस्को एक्सक्लुसिभ शोरुम हो । विभिन्न ठाउँको अपार सफलता पछि पोखरामा पहिलो र एक मात्र टाटा जेनुइन पार्टस्को शोरुम पोखरामा विस्तार गरिइएको हो । 

यसअघि काठमाडौँ, बुटवल, भैरहवामा यसको शाखा रहेको छ । यहाँबाट सेवाग्राहीले टाटा गाडीका जेनुइन पार्टस्हरु पाइनुका साथै पार्टस् सम्बन्धी सम्पूर्ण जानकारीहरु र आफूलाई आवश्यक पार्टसहरुको अवलोकन गर्न सकिन्छ ।  त्यति मात्र नभएर टाटा गाडी बनाउँदा कहाँ र कुन म्याक्यानिक उपयुक्त हुन्छ त्यसको बारेमा पनि सल्लाह सुझाव दिने गर्दछ । सिप्रदी अटो पार्टस्ले टाटा गाडीको व्यवसायबाट वार्षिक साढे २ करोड मुनाफा लिने गरेको सिप्रदी अटो पार्टस् प्रा.लि.का डेपुटी म्यानेजर गुणबहादुर श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै शाहले अन्य कम्पनीका गाडीका पार्टस् र टाटा च्याम्पियन जोनका गाडीका पार्टस्हरुमा धेरै फरक हुने भन्दै टाटा च्याम्पियन जोनमा धेरै गुणस्तरिय पार्टस्हरु मात्र पाइने जानकारी दिए। उनले आफूहरुसँग ३५ हजार टाटाका आइटम रहेको जनाउदैँ अझै नयाँ नयाँ आइटमहरु बनाउँदै गइरहेको बताए । शाहले टाटा गाडीका पार्टस् गुणस्तरीय र टिकाउ भएकोले अन्य केही कम्पनीहरुले नक्कली पार्टस्हरु बजारमा ल्याएको हुँदा टाटाका उत्पादन र अन्य कम्पनीको उत्पादनमा नझुक्किन समेत आग्रह गरे। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापा, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रविन्सन प्रजु, नाडा एशोसिएशन अफ नेपालका उपाध्यक्ष ध्रुव थापा, पश्चिमाञ्चल अटोमोबाईस् डिलर एशोसिएशनका अध्यक्ष कालिदास पौडेल, गण्डकी अटोमेकानिकल वक्र्स एशोसिएशनका अध्यक्ष सनतकुमार भट्टराई, टाटा मोटर्स्का कष्टमर केयर राजीव शर्मा लगायतले आ–आफ्नो ।  गोयल ट्रेडर्स पोखराका प्रोपाइटर विष्णु गोयलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सिप्रदी अटो पार्टस् प्रा.लि.का डेपुटी जनरल म्यानेजर युवराज बुढाथोकीले गरेका थिए भने संचालन सञ्चारकर्मी उमा आलेमगरले गरेकी थिइन ।








Post a Comment

 
Top