0
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा र सुजल डेरी प्रा.लि. को उत्पादन सफल दूधको मुख्य प्रायोजनमा ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७३’, यही फागुन ७ गते पोखरा रंगशालामा आयोजना हँुदैछ । पोखराकै सबैभन्दा ठूलो रोमाञ्चक र रमाइलो प्रतियोगीताले, स्थानीय वासीको स्वस्थ्यमा सकरात्मक प्रभाव पार्ने र साथैे पोखराको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मद्धत गर्नेछ । सन् २००२ बाट शुरु भएको यस प्रतियोगितामा देश विदेशका धावकहरुको सहभागिता रहने हुनाले निकै प्रतिस्पर्धात्माक र लोकप्रिय रहँदै आएको छ ।  सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७३ यस प्रतियोगिता को ११औंैं संस्करण हो । दौडौ स्वस्थ्यका लागि, दौडौं पोखराको लागि’ भन्ने मूलनाराका साथ प्रतियोगिता सञ्चालन गरिएको छ । पोखरा रंगशालाबाट शुरु भएर शहरका विभिन्न ठाउँहरु परिक्रमा गरी पोखरा रंगशालामा नै आएर यस प्रतियोगितामा समापन हुनेछ । गत वर्षको तुलनामा यस वर्ष अझै बढी सहभागिता र रौनकता बढाउने आयोजकले प्रतिबद्धता जनाएको छ । आगामी फागुन ७ गते हुने यस म्याराथन सहभागिताका लागि दर्ता गर्न भूतपूर्व खेलाडी मञ्च नेपाल, गैरपाटनमा सम्पर्क गर्न सकिने छ । प्रतियोगितामा ४२ किमिको खुल्ला म्याराथन, विद्यार्थीहरुका लागि ५ किमि रेस, ४०० मिको ह्वील चेयर रेस र ५ किमि को रमाइलो रन फर फनमा महिला÷पुरुष दुवै समावेश गरिएका छन् । सन् २००२ बाट शुरु भएको यस प्रतियोगिताको ११औंं संस्करणलाई लक्ष्मी ग्रुपको भातृ संस्था सुजल डेरी प्रालिको उत्कृष्ट उत्पादन सफल दूधले मुख्य प्रायोजन गर्ने छ । 







Post a Comment

 
Top