0
१. नयाँ गीत गाउन ढिला गर्नुभयो भन्छन् नि ?
त्यस्तो होइन । मैले गाइरहेकी छु । ‘मेरो काले काले’ बोलको गीत आएको १ वर्ष पनि पुगेको छैन । अझै त्यसको प्रमोशन गर्दैछु । त्यहि कारण पनि त्यस्तो लागेको हुनसक्छ ।
२. पर्दामा देखिने, स्टेजमा पुग्ने गायिका हुनुहुन्छ तपाई । तर, शरीर मेन्टन गर्न सक्नु भएन भन्ने आरोप छ नि ?
पहिला असाध्यै धेरै खान्थेँ , तर अहिले कम गरेकी छु । तर, मलाई चाँडै भोक लाग्छ । थोरै थोरै खाइरहन्छु । मोटाएर शरीर मेन्टनै गर्न नसकेको भन्ने कुरा गलत हो । आफ्नो शरीर राम्रैसँग मेन्टन गरेकी छु । त्यस्तो भद्दा अहिले छैन ।
३. घरबाट बिहेका लागि कुरो आउँदा सधै टार्नु हुन्छ रे, तपाइले प्रेमी भएर पनि लुकाउनु भएको छ भन्ने आरोप धेरैले लगाउँछन ?
त्यो त हो । हुर्केकी छोरीलाइ घरका मान्छेले बिहेको प्रस्ताव राख्नु ठूलो कुरा होइन । तर, बिहे भन्ने कुरा देखेकोले हुँदैन, लेखेको हुनुपर्छ भन्छन् । मलाइ पनि त्यस्तै लाग्छ । तत्कालै बिहे गर्ने भन्दा पनि गायनमै केहि वर्ष लाग्नुपर्छ जस्तो लागेको छ ।
४. विदेशबाट कार्यक्रमको प्रस्ताव आउँदा, सस्तो रकममा पनि पुग्नु हुन्छ भन्ने हल्ला सुनिन्छ बजारमा, के यो आरोप सत्य हो ?
होइन, होइन । म त सबै भन्दा चुजी छु । भनेजति पारिश्रमिक नपाइकन कहि पनि जान्नँ । त्यहिकारण मैले विदेशमा धेरै कार्यक्रम गरेको छैन ।
५. ‘काले काले’ गीतले हिट त हुनुभयो, तर तपाइले यो गीतलाई बढी महत्व दिदा अरु श्रृजना मार्नु भयो भन्छन् नि ?
त्यो पनि होइन । मेरो हरेक गीत आफ्नै खालको छ । यति हो कि ‘काले काले’ बोलको गीतले अरु गीत भन्दा बढी चर्चा पायो । त्यसो हुनुमा त्यसको संगीत र भिडियो पनि हो । मेरा लागि सबै गीत उत्तिकै महत्वपूर्ण छ ।

निखिल र रेखाको बक्स अफिस टक्कर
 
नायक निखिल उप्रेती र नायिका रेखा थापालाई स्टारडमको खुबै घमण्ड भयो । जसले गर्दा, यी दुइले एक अर्कासँग काम नै नगर्ने भन्दै बोलचाल बन्द गरे । करिब एक दशक अगाडिको कुरा थियो यो । रेखा चलचित्र क्षेत्रमा जम्दै गइन् भने निखिल पनि आफ्नै स्टारडमका कारण चलिरहेका थिए । तर, नायिका संचिता लुइटेलसँग प्रेम गरेपछि निखिल मुम्बई हानिए । निखिललाई मुम्बइबाट नेपाल र्फकन ५ बर्ष लाग्यो । उनी र्फकदा माहोल परिवर्तन भैसकेको थियो । रेखा र निखिलको सम्बन्ध पानी बाराबारको अवस्थामा थियो । निखिल चलचित्र ‘भैरव’ निर्देशन गर्ने दौडमा थिए । सोहि, समयमा निखिल ८ बर्ष लामो दुश्मनी मेटाउँदै रेखाको अपार्टमेन्टमा पुगे । उनले, रेखालाई आफ्नो चलचित्रमा अभिनयका लागि प्रस्ताव गरेको समाचार सार्वजनिक भएका थिए । तर, निखिल र रेखाले एकसाथ काम गर्ने अवस्था अझै बनेको छैन ।
एकसाथ चलचित्रमा काम नगरेपनि रेखा र निखिल बक्स अफिसमा भिड्न भने तयार भए । चैत्र ११ गते निखिलको मुख्य भूमिका रहेको चलचित्र ‘निर्भय’, रेखाको मुख्य भूमिका रहेको चलचित्र ‘डायरी’सँग भिड्न तयार भयो । रेखा र निखिलको बक्स अफिस भिडन्तलाई लिएर मिडियामा गसिप सुरु भएको थियो । तर, चलचित्र ‘डायरी’का निर्देशक अनिल योञ्जन बिरामी भएका कारण अब यो चलचित्र तोकिएको मितिमा रिलिज नहुने पक्का जस्तै छ । रेखा र निखिलको भिडन्त ट¥यो ।
सिंगल थिएटरमा राम्रो दर्शक कमाएका निखिल र रेखाको भिडन्त अब आउँदो बर्षको दशैमा हुने भएको छ । रेखाले केहि दिन अगाडि आफ्नै ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘रुद्रप्रिया’को घोषणा गरिन् । यो चलचित्र आउँदो बर्षको दशैमा रिलिज हुनेछ । सबैलाई थाहा छ, रेखाका लागि दशै फाप्दै आएको छ ।
अब, यो चलचित्रसँग निर्देशक हिमाल केसीले निर्देशन गर्न लागेको चलचित्र ‘पीजडा ब्याक एगेन’ जुध्ने भएको छ । यो चलचित्रमा निखिल मुख्य भूमिकामा छन् । चलचित्र ‘पीजडा’मा ७ तलाबाट हाम फालेपछि निखिल चर्चामा आएका थिए । सोहि, चलचित्रको नाम सापटी लिदै हिमाल केसी निखिललाई पर्दामा उतार्दैछन् ।
एक्सन निर्देशकको चलचित्रमा एक्सन स्टार भएपछि यसमा एक्सन भरपुर हुने कुरामा दुइमत छैन । रेखा भने, सुदर्शन थापा र अर्पण थापालाई लिएर चलचित्र ‘रुद्रप्रिया’को निर्माणमा व्यस्त छिन् । एक पटक टरेको रेखा र निखिलको भिडन्त फेरि हुने संभावना छ ? निखिल र रेखाको भिडन्त भयो भने यसले स्टारडमको मापन भने गर्नेछ ।

Post a Comment

 
Top