0
गोल्डेन न्यूज संवाददाता
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा वामपंथी विद्यार्थी ंगठनसंग गठवन्धन नुहने स्पष्ट पारेका छन् । ‘वामपंथी शक्ति म्याद गुज्रिएको औषधि जस्तै हो । विश्वको राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने वाम आन्दोलनको औचित्य समाप्त हुँदै गएको छ । त्यसैले नेपालमा स्ववियूको अस्तित्व जोगाउनका लागि वाम शक्तिसंग नेविसंघले अलायन्स नगरि एक्लै चुनावमा जान्छ’–अध्यक्ष महरले नेपाल प्रेस युनियन कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने ।  उनले उमेरको वन्देज स्ववियू चुनावमा लगाउन नहुने पक्षमा नेविसंघ रहेपनि उमेर विवादकै कारण चुनाव रोक्ने पक्षमा नेविसंघ नरहेको स्पष्ट पारे । विभिन्न क्याम्पस र विश्वविद्यालयमा महत्वपूर्ण जिन्दगी बिताएकोले पढाईको आधारमा उमेरको हदवन्दी लगाएर स्ववियू निर्वाचनमा उम्मेदवार बन्नबाट बञ्चितछ गर्न नहुने उनको भनाइ थियो ।  नेपाली कांग्रेस र माओवादी केन्द्रले सत्तामा साझेदारी गरेकोले स्ववियूको चुनावमा समेत नेविसंघ र क्रान्तिकारी विद्यार्थी संगठन बीच एलायन्स हुने चर्चा चलेकोमा अध्यक्ष महरले भने–‘माउ पार्टीले सत्तामा गरेजस्तो अलायन्स विद्यार्थी चुनावमा हुँदैन । प्रजातन्त्रमा आस्था राख्ने नेवि संघ जहिले पनि निर्वानकै पक्षमा रहनन्छ’ उनले भने–आगामी फागुन १४ गते नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्दछ भन्ने नेवि संघको माग छ। नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धिका रुपमा यो निर्वाचन रहेकोले जुनसुकै हालतमा निर्वाचन हुनुपनेमा उनले जोड दिए । संविधान कार्यान्वयन, स्थानीय निर्वाचन, गुणस्तरीय शिक्षा र संगठन विस्तारमा नेविसंघ लागेको अध्यक्ष महरले स्पष्ट पारे ।
 
नेपाली कांग्रेसका नेता उत्पादन गर्ने थलो नेविसंघ भएकाले नेविसंघलाई शक्तिशाली बनाउने पक्षमा आफू रहेको उनले बताए । विद्यार्थी तहमा कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुन सक्छ त्यसैले विद्यार्थी तथा युवाहरुलाई प्रजातन्त्रवादी बनाउन आवश्यक रहेको उनले स्पष्ट पारे । अध्यक्ष महरले राज्यले युवा र विद्यार्थीप्रति कल्याणकारी प्रवन्ध गर्न नसकेको र शैक्षिक प्रमाणपत्र धितो राखेर अध्ययन गर्ने व्यवस्था हुन नसकेको भन्दै दुःख प्रकट गरे । यसअघि केपी ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रको बजेट १७ प्रतिशतबाट घटाएर ११ प्रतिशत कायम गरेकोमा उनले असन्तुष्टि प्रकट गरे । विश्वका अधिकांश मुलुकमा शिक्षामा कुल बजेटको २०–२४ प्रतिशत बजेट खर्च हुने गरेको भन्दै उनले ओली नेतृत्वको सरकारले बजेट कटौती गर्नु दुर्भाग्यपूर्ण भएको बताए । स्ववियू निर्वाचनका लागि तयार गरिएको आचार संहिता अनुरुप वाल पेन्टिङ, फ्लेक्स बोर्ड र छुट्टै सभा समारोह समेत गर्न नपाउने भएकाले विगतमा जस्तो अप्रिय घटना यसपटक नुहने विश्वास व्यक्त गरे ।   नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव रेग्मीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए।  यसैगरी नेविसंघका केन्द्रीय अध्यक्ष महरले बिहीबार नै कास्कीको विभिन्न तहमा रहेका विद्यार्थी नेताहरुलाई स्ववियू निर्वाचनमा नेविसंघलाई जिताउनका लागि पहल गर्न निर्देशन दिएका छन्। कास्की जिल्लाका विभिन्न क्याम्पसमा आवद्ध विद्यार्थीनेताहरु लाई संवोधन गर्दै उनले नेविसंघको कुनै जिम्मेवारीमा नरहेपनि स्ववियूको निर्वाचनमा नेविसंघलाई  जिताउनु पर्दछ भन्ने मान्यताका साथ लाग्न निर्देशन दिए। उनले आफू निर्वाचित भएको पाँच महिनाको समयमा काम सुस्त भएको जानकारी दिंदै सबैलाई समेटर नेवि संघलाई मजवुद बनाएर लैजाने पक्षमा आफू रहेको उल्लेख गरे। नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले नेविसंघलाई पार्टीले हस्तक्षेप नगर्ने भन्दै केन्द्रीय अध्यक्षको निर्णयमा नै पार्टीले समन्वयकारी भूमिका खेल्ने स्पष्ट पारे । कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य देवकृष्ण पराजुलीले आफ्नो कार्यकालमा सवैलाई एक ठाँउमा मिलाएर लैजाने प्रतिवद्धता जनाए। अर्का केन्द्रीय सदस्य गोपाल गुरुङले अबको स्ववियू निर्वाचनमा विद्यार्थीहरुमा राम्रो प्रभाव भएको व्यक्तिलाई नै उम्मेदवार बनाउनुपर्नेमा जोड दिए ।  कार्यक्रममा सहभागि विद्यार्थीहरुले स्ववियू निर्वाचनमा नेविसंघलाई जिताउनका लागि विवादित जिल्ला मिलाउन अध्यक्षसंग आग्रह गरेका थिए।


Post a Comment

 
Top