0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. ५, पस्र्याङस्थित धर्मस्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १०औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको सहकारीले जनाएको छ । सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले खेलकुद प्रतियोगिता, छात्रवृत्ति वितरण र ज्येष्ठ नागरिकहरुलाई नगद एवं खाद्यान्न सामाग्री वितरण कार्य सम्पन्न गरेको संस्थाका अध्यक्ष कृष्णमणि भूत्र्यालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  खेलकुद कार्यक्रम अन्तर्गत वडा नं. ५ स्थित अन्तरटोल विकास संस्थाहरु वीच फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा १३ वटा टोल विकास संस्था सहभागी भएकोमा मालेपाटन टोल विकास संस्था प्रथम भएको थियो । यसैगरी रिठ्ेगौडा टोल विकास संस्था द्वितीय र धर्मस्थली टोल विकास संस्था तृतीय भएको अध्यक्ष भुत्र्यालले बताए । पूर्व राष्ट्रिय भलिवल खेलाडी हरिप्रसाद पराजुलीले आप्mना पिता भोजराज पराजुलीको स्मृतिमा प्रतियोगिताका लागि पुरस्कारको प्रायोजन गरेका थिए । 
त्यसैगरी स्थापना दिवसमा स्वर्गिय चन्द्रमणि भूत्र्यालका बंश व्यक्तिहरुद्वारा स्थापित चन्द्ररत्न स्मृति ट्रष्टले बाराही माध्यामिक विद्यालय र धर्मस्थली आधारभूत विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीहरु क्रमशः सुस्मिता लिम्बु कक्षा–१०, बिनिषा नेपाली कक्षा–७, सुस्मिता पौडेल कक्षा–७ र कक्षा–८ का पदम सुवेदीलाई जनही  २ हजार ५०० नगदसहित कदरपत्रले सम्मान गरिएको थियो । यसैगरी पोखराको वडा नं. १८ स्थित वात्स्यायन बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई १२ हजार रुपैयाँ बरावरको खाद्यान्न समाग्री ५ हजार रुपैयाँ नगद बृद्धाश्रमका उपाध्यक्ष रेशम जिसीलाई हस्तान्तरण गरिएको अध्यक्ष भूत्र्यालले जानकारी दिए । खाद्यान्न सामाग्री संस्थाको तर्पmबाट र नगद रकम संस्थाका उपाध्यक्ष महेश्वर पराजुलीले स्थापना गरेको टि एण्ड डि स्मृति कोषबाट प्रदान गरिएको हो । संस्थाका अध्यक्ष कृष्णमणि भूत्र्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार हेरब प्रसाद कोइराला, द्रोणराज अधिकारी, सह–सचिव लेखनाथ भट्टराई, सदस्य शारदा अधिकारी,श्री कृष्णप्रसाद अधिकारी, शुभद्रा कोइराला, सदस्य कृष्णप्रसाद कोइराला र प्रबन्धक कृष्णप्रसाद पराजुली लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको संचालन सचिव नारायण प्रसाद गौतमले गरेका थिए ।

Post a Comment

 
Top