0
गोल्डेन न्यूज संवाददाता
पोखराको अमरसिंह चौरमा जारी सातौ संस्करणको पोखरा महोत्सवमा शनिवार मंगोलियन हर्ट (राजु लामा) आउने भएका छन । बहुचर्चित ब्याण्ड मंगोलिनय हर्टका राजु लामाले शनिवार साँझ पोखरा महोत्सवमा आफ्नो प्रस्तुतिबाट दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्नेछन । पोखरा महोत्सवमा सुगम पोख्रेलको पनि लाइभ प्रस्तुति रहने छ । यसअघि चर्चित ब्याण्ड मन्त्र, लाहुरे, स्याडोज नेपाल, सविन राइ, नविन के भट्टराई लगायतले महोत्सवमा आफ्नो प्रस्तुति राखिसकेका छन । महोत्सवको आठांै दिनसम्म आइपुग्दा दर्शकको साथ उल्लेख्य मात्रामा पाइरहेको आयोजकले जनाएको छ । महोत्सवको आठांै दिन शुक्रबार १७ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको प्रचार–प्रसार संयोजक राजु श्रेष्ठले बताए। महोत्सवका शुक्रबार १ करोड १० लाखको कारोवार भएको छ । महोत्सवमा विशेषगरी जाडो सिजनका सामानहरुको बिक्री वढी मात्रामा रहेको छ । शुक्रबार महोत्सवमा चर्चित दोहोरी गायक राम्जी खांड, प्रजापति पराजुली, चोलेन्द्र पौडेल लगायतले दोहोरीमार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । महोत्सवमा शनिबार लोकदोहोरी तर्फ कोमल वली, राजन कार्की, ईन्द्र गुरुङ, निशा पोख्रेल, सुरेन्द्र गुरुङ, शिवहरी ढुंगाना, माया सुनार लगायतको प्रस्तुति रहने छ । त्यसैगरी नीलम ढुंगानाको आकर्षक नृत्य दर्शकहरुले हेर्न पाउनेछन । लाइभ ब्याण्ड तथा पप कन्सर्टतर्फ मंगोलियन हर्ट (राजु लामा) को प्रस्तुति रहने छ । आठांै दिनसम्म महोत्सवमा दर्शकको साथ पाउनुमा युनाइटेड क्लवले महोत्सवको आयोजना गरी विभिन्न सामाजिक क्षेत्रमा पु¥याएको योगदाननै मुख्य रहेको क्लवका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक शुक बहादुर गुरुङले बताए । महोत्सवमा आएर दर्शकहरुले मनोरन्जन मा मात्र सहभागी नभइ प्रत्यक्ष अप्रत्यक्ष रुपमा सामाजिक सेवामा सहभागिता जनाउने भएकाले महोत्सव हामी सवै पोखरेलीको गौरवको महोत्सव भएको गुरुङको भनाइ रहेको थियो ।

Post a Comment

 
Top