0
गोल्डेन न्यूज संवाददाता
पोखराका पर्यटन व्यवसायी हरुले पुम्दीकोटमा महादेवको विशाल मूर्ति निर्माण गर्ने अभियानमा सहयोग गर्ने भएका छन । पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिले सोमबार नेपाल पर्यटन वोर्ड पोखराको कार्यालयमा आयोजना गरेको पर्यटन व्यवसायीहरु बीचको छलफल तथा अन्र्तरकृया कार्यक्रममा वोल्ने पोखराका पर्यटन व्यवसायीहरुले समितिले थालेको अभियानले पोखराको पर्यटनसंग जोडिएकोले उक्त अभियानलाई आफूहरुले पनि सहयोग गर्ने वचन दिएका हुन् । महादेवको मूर्ति सहित पर्यटकीय भौतिक संरचना निर्माणले पोखराको पर्यटकहरुको वसाई लम्विनी भएको व्यवसायीहरुले बताएका हुन ।  विश्व शान्ति स्तुपासहित, भुजेल, गुरुङ लगायतका होमस्टे सहितका कार्यक्रमहरुलाई एकै साथ अघि बढायर धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने अभियानमा स्थानीयहरु अग्रसर भएकोमा खुशि व्यक्त गर्दै व्यवसायीहरुले व्यवसायिक ढंगले भौतिक संरचना देखि बजारीकरणमा आफूहरुले दिलो ज्यान दिएर सयहोग गर्ने वचन दिएका हुन्। पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बरालले पोखरामा अन्तर्राष्ट्रिय विमान्स्थल निर्माण हुदै गरेकोले पुम्दीकोटामा ५० फिट अग्लो सम्मको महादेवको मूर्ति निर्माण हुन सक्ने बताए ।  रातिमा पनि धार्मिक पर्यटकहरुको वसाई लम्ब्याउने गरी आरती लगाउने जस्ता कार्यक्रमहरु समेत संचालनको तयारी गर्न उनले आग्रह गरे । नेपाल राष्ट्र बैंकका पूर्व गर्भरनर दिपेन्द्र बहादुर क्षेत्रीले असिना र चट्टान पर्ने सो क्ष्ोत्रमा प्राविधिक हिसावले राम्रोसंग ख्याल गरेर काम गर्न आग्रह गरे । ऐतिहासिक ठाँउ भएकोले पनि त्यहाँको आर्थिक विकासका यस्तो भौतिक संरचनाले धेरै सहयोग पुग्ने उनले बताए ।  पोखरा आउने उच्च पदस्थ व्यक्तिलाई पुम्दीकोटसम्म लैजानका लागि हेलिप्याडको व्यवस्था मिलाउन आग्रह गरे । नेपाल पर्यटन वोर्ड पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख उदय भट्टराईले नेपालको पर्यटन प्राकृतिक र संस्कृतिमा मात्र रुमलिएकोले मानव निर्मीत पर्यटकीय गतिविधि कम भएको बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले पोखरा क्षेत्रमा करिब एक दशक भित्रको समयमा मानव निर्मित पर्यटकीय गन्तव्य नभएको अबस्थामा महादेश सहितको पर्यटकीय गन्तव्यहरु निर्माण हुन लागेको बताए । विश्व शान्ति स्तुपा संगै जोडेर महादेवको मूर्तिसहितका अन्य पर्यटकीय गतिविधिहरु निर्माण गर्न उनले आग्रह गरे । उनले भने–‘पोखराको राम्रो पर्यटकीय गन्तव्य पुम्दीकोट क्षेत्र भएकोले सो क्षेत्रमा निर्माण हुन लागेको महादेवको मूर्ति सहितको अन्य सरंचना निर्माणमा हाम्रो क्षमता अनुसारको सहयोग हुनेछ।
 
पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले पोखरामा पर्यटकहरुको आगमन भए पनि यहाँ पर्यटकीय गतिविधिहरु कमि भएको तथा मानव निर्मीत पर्यटकीय गतिविधि न्युन भएको बताए । उनले हिन्दु र बौद्ध धर्मसंग जोडेर अनौठा मानव निर्मीत भौतिक संरचना निर्माण गर्न सके पोखराको पर्यटन वसाई लामो बनाउन सहयोग पुग्ने स्पष्ट पारे । समितिको यो महान कार्यमा आफूहरुको क्षेत्रबाट साथ र सहयोग हुने उनले प्रतिवद्धता जनाए ।
नेपाल पर्यटन वोर्डका पूर्व सदस्य एंव पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले समितिको अभियानमा आफ्ना पिता रत्न बहादुर भट्टराइ र हजुरबाबु डिष्टा भक्तबहादुर भट्टराइको स्मृतिमा एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गर्ने बताए । पुम्दीकोटको डाँडा क्षेत्रमा ठूलो भौतिक संरचना निर्माण हुन लागेकोले प्राविधिक हिसावले सुभ्mवुझका साथ निर्माण कार्यमा ध्यान दिन आग्रह गर्दै भट्टराईले स्थानीयहरु अग्रसर भएर लागेको अभियानमा पैसाका कारणले नरोकिने समेत दाबी गरे । नेपाल पर्यटन वोर्डका पूर्व सदस्य एंव पर्यटन व्यवसायी वासु त्रिपाठीले पुम्दीकोट दृश्यावलोकन को उत्कृष्ट गन्तव्य भएकोले त्यहाँ निर्माण हुन लागेको महादेवको मूर्तिले भारतीय मात्र नभई युरोपियन मुलका पर्यटकहरुको समेत आकषर्णको केन्द्र वन्ने दाबी गरे । संस्कृति र धर्मसंग जोडेर पनि पर्यटन प्रवद्र्धन गर्न सकिने उनले बताए । टान पश्चिमाञ्चल पोखराका अध्यक्ष दिपक अधिकारीले विश्वकै उत्कृष्ट हिन्दूहरुको पुस्तकालय समेत स्थापना गर्न आग्रह गर्दै पन्चासे जाने रुट समेत पुम्दीकोट हँुदै लैजान सकिने बताए । पर्यटकहरुको बसाई लम्ब्याउन एक दिने हाईकिङ गराउन पुम्दी क्षेत्रलाई समेटन सकिने उनले बताए । नाट्टा क्षेत्रीय संघ पोखराका उपाध्यक्ष संजयकान्त सिग्देलले पर्यटकहरुलाई भुलाउने ढंगले धेरै कलात्मक ढंगका संरचना निर्माण गर्न आग्रह गरे । उनले भने–‘हामी ट्राभल व्यवसायीहरुबाट भौतिक संरचनामा हाम्रो साथ र सहयोग रहने छ ।” ईन्जिनियर बाबुराम बरालले प्राविधिक हिसावले सवै प्रक्रिया पुरा गरी महादेवको मूर्तिसहितका केहि भौतिक संरचनाको निर्माण कार्य अघि बढेको बताए । धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको पुम्दीकोटमा महादेवको विशाल मूर्ति सहितको भौतिक संरचना निर्माणको अभियामना आफूहरु जुटेको समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए । पुम्दीकोटको बृहत् योजना ५ बर्षको भएको भन्दै संयोजक बरालले उक्त प्रोजेक्ट सफल पार्न करीब २१ करोड रुपैयाँ लाग्ने बताए । योजनालाई सफल पार्न नेपाल सरकार नागरीक उडड्यन तथा पर्यटन मन्त्रालयबाट पहिलो चरणमा २० लाख रुपैयाँ विजियोजन गरेको समेत संयोजक बरालले जानकारी दिए । मूर्तिको वरिपरि १ सय ८ शिव लिङग् निर्माण गर्ने र मूर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गरिरहने सहितको मूर्ति निर्माण गर्ने, ध्यान केन्द्र निर्माण गर्ने, स्मृति पार्क निर्माण गर्ने, शहिद स्मारक पार्क लगायतका योजनाहरु रहेको बरालले बताए। १८ रोपनी क्ष्ोत्रफल रहेको जुन क्षेत्रबाट माछापुच्छे«े, अन्नपुर्ण सहितका हिमश्रृङ्खला, फेवाताल, पोखरा, सराङकोट, विश्वशान्ति स्तुपा, वन जंगल लगायतका क्षेत्रहरु देख्न सकिनेछ । समितिका संयोजक बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी लिलाभक्त आचार्य, परिषदका सचिव रामु गौतम, नेपाल राष्ट्रिय परोपकार महासंघका कोषाध्यक्ष विष्णु पौडेल, सचिव प्रकाश बराल लगायले आ–आफ्नो भनाइ राखेका थिए ।



Post a Comment

 
Top