0
हरि पन्त÷गोल्डेन
क्याराभान गोल्ड कपसहित पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लव यस बर्षपनि पहिलो चरण पार गर्न सकेन । योसंगै पुलिस १५औं आहारारा गोल्डकप बाट बाहिरिएको छ । पुलिस गतवर्ष पनि झापासंग २–० ले पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको थियो । प्रतियोगिताको उपाधि दावेदार मानिएको पुलिसलाई २–१ गोलले पराजित गर्दै संकटा क्वाटरफाईनल मा प्रवेश गरेको छ । संकटाको जितमा विश्व पासवान  र अनिल गुरुङले १÷१ गोल गरे भने पुलिसका रवि पासवानले गोल सान्त्वना गरे । खेलको ३५औं मिनेटमा पुलिसका रवि पासवानले धुलमुलमा गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए । पहिलो हापमा १–० ले पछि परेको संकटाले दोश्रो हापमा रणनीतिक सुधार गर्दै आफ्नो खेलमा गोलकोे संकट टार्न सफल भयो । खेलको ६४औं मिनेटमा विश्व अधिकारीले फ्रि–किकमार्फत गोल गरी खेल बराबरीमा पु¥याए । संकटाका अमित तामाङलाई पुलिसका विक्रम धिमालले लडाएपछि रेफ्री विकास महतले फ्रिकिको अवसर दिएका थिए। करिब ३० यार्डबाट अधिकारीको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो । उक्त गोल हुँदा पुलिसका गोलरक्षक दिपेश यादवले पत्तै पाएनन् । टीमका लागि पहिलो उत्कृष्ट गोल गर्न सफल अधिकारी खेलमा म्यान अफ दी म्याच घोषित भए । यस्तै खेलको ८७ औं मिनेटमा सव्सिच्यूट खेलाडी अनिल गुरुङले गोल गरी आफ्नो टिमलाई २–१ ले अग्रता दिलाए। खेलको ६१औं मिनेटमा सुनिल केसीको स्थानमा मैदान छिरेका गुरुङले मैदान छिरेको २६औं मिनेटमा गोल गरेका थिए । विश्व पासवानले पेनाल्टी यरिया नजिकबाट प्रहार गरेको वल पुलिसका गोलरक्षकबाट रिवाउण्ड भएको वललाई अनिलले सुन्दर गोल गरेका थिए । पुलिसका कप्तान जुमानु राई, रवि पासवान, तीर्थ रानाले पाएका राम्रा अवसरहरु खेर जाँदा पुलिस प्रतियोगिताबाटै बाहिरिन पुग्यो भने संकटाका सुनिल वल, विश्वास श्रेष्ठ, दिपेश श्रेष्ठ, विश्व अधिकारीले प्रहार गरेका केहि अवसर सदुपयोग भएको थिएन ।  आहारारा गोल्डकपमा पुलियो यो १४औं सहभागिता हो भने संकटाको देस्रो सहभागिता हो । पुलिस ८ पटक फाइनल पुगेकोमा ५ पटक उपाधि उचालिसकेको छ । संकटा भने पहिलो पटक २०७० मा सहभागी भइ क्वाटरफाइनलमा मनाङमस्र्याङ्दीसंग २–० ले पराजित भएको थियो । खेल समापन पछि पुलिसका प्रशिक्षक कुमार कटवालले आफ्ना खेलाडीले राम्रो खेल्न नसकेका  हार भएको बताए । उनले भने–‘हाम्रो टीमको पहिलो हाफ राम्रो थियो, दोश्रो हाफपछि खेलाडीहरुको तालमेल बिग्रियो । डिफेन्स, मिडफिल्ड सवै क्षेत्रमा कमजोर हुँदा हामी हार्नुपर्यो । हाम्रो टिममा नयाँ खेलाडीहरु बढी भएकोले राम्रो खेल्न सकेनौं ।’ यस्तै संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो रणनीति बमोजिम नै खेलाडीहरुले खेलेका कारण जित हासिल गरेको बताए ।
शनिबारदेखि क्वाटरफाईनल का खेलहरु सुरु हुदैछन । शनिबार पहिलो क्वाटरफाईनल खेल आयोजक सहारा क्लव र पाहुना टोली भारतको सिक्किम युनाईटेड फुटवल क्लव बीच हुने छ ।  सहाराले उद्घाटन खेलमा ४–० ले सुदूरपश्चिम स्पेर्टिङ क्लवलाई पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाउदा सिक्किम युनाईटेडले वाइ पाएर क्वाटरफाईनलमा यात्रा तय गरेको हो ।



Post a Comment

 
Top