0
गोल्डेन न्यूज संवाददाता
पोखरास्थित हन्टेज ग्रुपमा आवद्ध युवाले च्यारिटी शोमार्फत संकलन गरेको रकमबाट कुँडहर स्थित कुँडहर प्राविका दृष्टिबिहीन शाखाका विद्यार्थी र शिक्षकलाई कपडा सहयोग गरेको छ । उनीहरुले चलचित्र दंगलको च्यारिटी शो गरी संकलन गरेको रकमबाट सात जना दृष्टिबिहीन र २ जना कर्मचारीलाई ज्याकेट, ट्रयाक, जुत्ता, झ्यालको पर्दा, बालबालिकालाई खेलकुद सामग्री तथा विभिन्न खाद्य सामग्री गरी करिब ५० हजार रुपैयाँ बराबरको सहयोग गरेको ग्रुपका सदस्य राहुल श्रेष्ठले जानकारी दिए । उक्त सहयोगप्रति विद्यालयका मीनादेवी गुरुङले धन्यवादसहित आभार व्यक्त गरिन्। ग्रुपमा राहुल श्रेष्ठ, गगनसिंह गुरुङ, अजयरत्न बज्राचार्य, विजय आले, विजय ज्वारचन, राजु क्षेत्री, विक्रम श्रेष्ठ, सुजन भावा रहेका छन् । ग्रुपले ३ वर्षदेखि यस्तै प्रकरका विभिन्न कार्यक्रम आयोजना गर्दै वृद्धाश्रम तथा असहाय बालबालिका लाई सहयोग गर्देै आएको छ ।





Post a Comment

 
Top