0
गोल्डेन न्यूज संवाददाता
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन माइक्रोबस इकाईको  छंैटौ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशाबाट आगामी २ बर्षका लागि कृष्णबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । संगठनको उपाध्यक्षमा भरत आलेमगर, सचिवमा बिश्वास श्रेष्ठ, सहसचिवमा रवीन्द्र वाग्ले र कोषाध्यक्षमा भानुभक्त सुवेदी चयन भएका छन्। कार्यसमितिको सदस्यहरुमा गोविन्द भण्डारी, विकास भट्ट, प्रेम मोक्तान र वलबहादुर विक रहेका छन्। समितिको सल्लाहाकारहरुमा गणेश रोका, दिलिप दाहाल र जनक सिग्देल रहेका छन् । नेपाल टे«ड युनियन महासंघ जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा प्रदेश नम्बर ४ का संयोजक गोमा आचार्यले सवारी दुर्घटना न्यनिकरणका लागि सवारी चालकलाई दोष थोपार्न भन्दा सडकको स्तर उन्नति र यातायात क्षेत्रको समग्र व्यवस्थापनमा ध्यान दिन पर्ने बताइन् । उनले दलले श्रमिकको भन्दा पनि शासकको प्रतिनिधित्व गर्ने दावी गरिन् । ‘जुझारु, अनुशासित र प्रशिक्षित मजदुर आजको आवश्यकता, दुर्घटना न्युनिकरण हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ भएको अधिवेशनमा पृथ्वी राजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्रबहादुर केसी, जिफन्ट प्रदेश संगठन कमिटीका आर्थिक संयोजक रुद्रबहादुर खत्री, संगठनका केन्द्रीय सचिव कर्णसिह गुरुङ, केन्द्रीय सदस्य तथा गण्डकी इञ्चार्ज विष्णुबहादुर पराजुली, गण्डकीका अध्यक्ष विष्णुबहादुर केसी, ट्राफिक प्रहरी नायव निरीक्षक राजकुमार केसी, इकाई इञ्चार्ज तिलक विक, उपाध्यक्ष गणेश रोका, सचिव विश्वास श्रेष्ठ, कोषाध्यक्ष भानुभक्त सुवेदी लगायतका वक्ताहरुले यातायात क्षेत्रका समस्या र चुनौतिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा संकलन गरेको ८ हजार १ सय २५ रुपैयाँ दुवै मृगाला खराब भएका यातायात मजदुर यमबहादुर विकलाई प्रदान गरियो ।



Post a Comment

 
Top