0
गोल्डेन न्यूज संवाददाता
पोखरा–५मा क्रियाशिल अभियान युवा क्लवको आयोजनामा बृहद रक्तदान कार्यक्रम शनिबार जिरो किमी चोकमा सम्पन्न भएको छ । सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको उक्त क्लवले रगत अभावका कारण कुनैपनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा उप–महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख तथा वरिष्ठ अधिकृत ओमराज पौडेलले रक्तदान नै जीवनदान भन्ने नारालाई प्रस्ट्याउँदै रगत दान गर्नु भनेको कसैको ज्यान बचाउनु भएको बताए । कार्यक्रमका प्रथम रक्तदाता सशस्त्र प्रहरी बल कालिका गणका निरीक्षक सुरज बस्नेतलाई प्रमुख अतिथि पौडेलले ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्री, वडा महिला समन्वय समितिकी अध्यक्ष कालिका थापा, वडा नागरिक मञ्च पोखरा–५ का अध्यक्ष बसन्त गिरी, धर्मस्थली आधारभूत विद्यालयका प्रधानाध्यापक केदार बराल, नमुना जनज्योती टोल विकास संस्थाका अध्यक्ष भेक बहादुर थापा, क्लवका संस्थापक अध्यक्ष जगदिश प्रसाद अधिकारी लगायतले रक्तदान जस्तो पुन्यको काम गरिरहनुपर्नेमा जोड दिएका थिए । त्यस्तै पछिल्लो समय विभिन्न घट्ना तथा दुर्घट्नाका साथै गम्भिर रोगका कारण विरामीको उपचारमा रगतको आवाश्यकता परिरहने भएकाले पनि यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए ।  रक्तसंचार केन्द्रबाट प्राविधिक प्रमुख महेन्द्र केसीको टोली उक्त कार्यक्रममा सहकार्य गरेको थियो । कार्यक्रमका संयोजक विनोद क्षेत्रीले सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए ।  कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष मोहन बहादुर केसीले गरेका थिए भने स्वागत मन्तव्य द्वितीय उपाध्यक्ष जयप्रकाश थापाले गरेका थिए । त्यस्तै कार्यक्रमको संचालन क्लबका सचिव राजु गिरीले गरेका थिए ।





Post a Comment

 
Top