0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको फेवा विकास बैंक लिमिटेडले आ.व. २०७३÷७४ को दोस्रो त्रयमासमा संचालन मुनाफा  २८ करोड ५३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यो मुनाफा गत वर्ष भन्दा ६५ प्रतिशत बढी हो । सोही अवधिसम्म निक्षेपमा गत वर्ष सोही अवधिको तुलनामा  २० प्रतिशतले वृद्धि गरी  १२ अर्ब ५९ करोड र कर्जातर्फ गत वर्ष सोही अवधिको तुलनामा २६ प्रतिशतले वृद्धि गरी ११ अर्ब  १४ करोड रुपैयाँ पु¥याएको छ । कर्जा निक्षेप तथा पूँजीकोष अनुपात ७८.१७ प्रतिशत र तरलता अनुपात  २५.६७ प्रतिशत कायम रहेको छ । साथै बैंकको निष्क्रिय कर्जाको मात्रा पनि गत वर्षको तुलनामा अत्यन्तै न्यून रहेको जानकारी  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले गराए । बंैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरलरुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटीएक एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यास सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समूहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्ने र गाभिने सम्बन्धमा नेपाल राष्ट्रबैंकमा निवेदन दिइएकोमा नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पत्र आइसकेको र दुवै बैंकको साधारण सभाले पनि एक आपसमा गाभ्ने÷ गाभिने (मर्ज गर्ने) सम्वन्धी विशेष प्रस्तावलाई समेत सर्वसम्मत रुपमा पारित गरेको छ ।  सभाले बैंकको केन्द्रीय कार्यालय नेपाल राष्ट्र बैंकको स्वीकृति लिई काठमाडौं महानगरपालिमा स्थान्तरण गर्ने र मर्जर पश्चात कायम हुने चक्ता पूँजी १ अर्व ८४ करोड रुपैयाँकोे २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । मर्जर पश्चात बैंकको नेटवर्थ, शाखा सन्जाल, व्यवसायको बजार अंश तथा ठूला परियोजनामा लगानीको पहुच र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुन गई ग्राहकवर्गले थप सेवा सहित सरल र सहज रुपमा वित्तीय सेवा प्राप्त गर्न सक्नेछन् ।
२०७३ माघ ६ गते विहीबार



Post a Comment

 
Top