0
गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपाल कास्कीको विभिन्न वडामा तथा गाविसमा एकता अधिवेशन सम्पन्न भएका छन् । जस अन्तरगत क्षेत्र नं. १ लेखनाथको वडा नं.११ मा प्रकाश सापकोटा, वडा नं.१४ मा सु.सन्त बहादुर थापा, १७ मा युवराज अधिकारी, देउराली गाउँ कार्यसमितिको अध्यक्षमा विश्वनाथ सिलवाल, हंसपुरमा टेकनाथ सुवेदी अध्यक्ष रहेको समिति गठन गरिएको छ । त्यसैगरी पोखराको वडा नं.२१ मा दयासागर लामिछाने, १९ मा कर्णबहादुर पुन, वडा नं.१५ मा रोम बहादुर भण्डारी, वडा नं.१४ मा जगत बहादुर कार्की, १२ मा प्रकाश के.सी., १३ मा रामेश्वर कोइराला, ३ मा मोतिमान शाक्य, १८ मा जे.वि.कुँवरको अध्यक्षतामा समिति गठन गरिएको छ ।      त्यसैगरी पोखराकै वडा नं.६ मा लालबहादुर गुरुङ्ग, १७ मा शिवराज अधिकारी, २४ मा धनबहादुर कार्की र वडा नं.९ मा नुरप्रसाद गौतमको अध्यक्षतामा समिति गठन गरिएको बताइन्छ ।
कास्की जिल्लाका समिति गठन हुन बाँकी रहेका वडा तथा क्षेत्रमा छिटै नै गठन गरिने बताइएको छ । कार्यक्रममा बोल्दै प्रदेश नं.४ का संयोजक केन्द्रीय सदस्य रमेशबहादुर भट्टराईले देशलाई टुक्र्याउन नदिइकन सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकभई होस्टेमा हैंसे गरी अगाडि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष तथा पुन समाजका केन्द्रीय सदस्य संगठन विभाग प्रमुख जयलाल पुनलेविदेशीको इशारामा देशभक्ति भावनाहरुलाई कुण्ठित गरिएको आरोप लगाए । 
हिमाल पहाड तराई कोही छैन पराई भन्ने मान्यतालाई आत्मसात राखी राप्रपा अगाडि बढ्ने उनले बताए । देश मियो विनाको दाइ भएको कुरालाई मध्यनजर गर्दै राष्ट्रिय प्रतीकका रुपमा राजसंस्था रहनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्लाका पदाधिकारी, केन्द्रीय सदस्यहरु लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top