0
गोल्डेन न्यूज संवाददाता
पत्रकार महासंघ कास्कीको अध्यक्षमा त्रिभुवन पौडेलले उम्मेदवारी दिने भएका छन् । प्रेस सेन्टर नेपाल कास्कीको शुक्रबार बसेको बैठककले पौडेललाई आशन्न अधिवेशनमा अध्यक्षमा उठाउने निर्णय गरेको हो । उनी प्रेस सेन्टर कास्कीका पूर्व अध्यक्ष एवं प्रदेश नम्बर ४ का अध्यक्ष हुन् । यसअघि नेपाल प्रेस युनियनले रमेश पौडेल र प्रेस चौतारीले दीपेन्द्र श्रेष्ठलाई महासंघको अध्यक्षमा उठाउने निर्णय गरिसकेका छन् । पौडेल हाल महासंघ कास्कीका सचिव पनि हुन् । उनले पत्रकार महासंघ कास्कीमा दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालिस केका छन् । गत निर्वाचनमा लोकप्रिय मत पाएर पौडेल सचिवमा निर्वाचित भएका थिए । पोखरा हटलाइन दैनिकका प्रकाशक पौडेल हाल उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस विज्ञ समेत हुन् । पौडेलले नेपाल टेलिभिजन, रेडियो अन्नपूर्णमा रहेर काम गरिसकेका छन् प्रेस सेन्टर कास्कीको शुक्रबार बसेको बैंठकले पौडेललाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेसँगै पत्रकारका अन्य बिधागत र आस्थागत संघसंगठनसँग वार्ता गर्न बरिष्ठ पत्रकार कोमलनाथ बराल, एलपी बञ्जारा, रतन गुरुङ, प्रेस सेन्टर कास्की अध्यक्ष बिभु भुषाल र सचिव कृष्ण दवाडी सहितको टोली गठन गरेको छ । यसैबीच, शुक्रबार नै प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ४ को बैठक एवं प्रशिक्षण पोखरामा सम्पन्न भएको छ । प्रशिक्षणमा माओवादी केन्द्रका नेता देव गुरुङ, प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहाल, बरिष्ठ उपाध्यक्ष गोविन्द आचार्य, उपाध्यक्षहरु ओम शर्मा, लक्ष्मी पुन लगायतले प्रशिक्षण दिएका थिए । बैठकमा कास्की, तनहुँ, गोरखा, पर्वत, लमजुङ, मनाङ, मुस्ताङ, बागलुङ, म्याग्दी र स्याङ्जाका प्रतिनिधिले रिपोर्टिङ गरेका थिए । बैठकले प्रदेश नम्बर ४ का जिल्लामा प्रेस सेन्टरलाई जिताउने गरी पत्रकार महासंघको निर्वाचनको तयारी गर्ने निर्णय भएको प्रदेश सचिव अर्जुन काफ्लेले जानकारी दिए ।



Post a Comment

 
Top