0
केशव पाठक
पोखरा यति बेला फुटबलको रौनकले तातेको छ । भलै मौसम माघको चिसो भए पनि । यहि मेसोमा सात समुद्र पारी अमेरिका बाट एउटा फुटवल टोली पोखरा रंगशालाको फुटबल मैदान तताउन आएको छ । एशोसिएशन अफ नेप्लिज इन द अमेरिकन (एनए) को नेतृत्वमा आएको फुटबल टोलीले पोखरेली पत्रकार माझ साक्षात्कार गर्ने अवसर जुटायो । नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा भएको उक्त कार्यक्रममा एनएका प्रेसिडेन्ट मेदीनी अधिकारीले आफूहरु खेल जित्नका लागि भन्दा पनि मनका भावना साट्न आएको बताए । उनले भने ‘विश्वमा ४० लाखको हाराहारीमा नेपाली विदेशमा छन तर उनीहरुको मन संधै नेपालमा नै हुन्छ ।’ उनले अगाडि भने ‘आखिर जहाँ भए पनि यो मन त नेपाली हो ।’ अहिले नेपालको विकासका लागि आत्मबलको खाँचो रहेको  औल्याउँदै अधिकारीले भने–‘एनआरएनएको सहयोगमा हामीले नेपालको खेलको विकासका लागि धेरै गर्न सक्छौं । एनएका कन्भेनर तथा अफिसर विजय श्रेष्ठले अमेरिका भरि छरिएर रहेका नेपालीहरु बीच एकता प्रदुषित गर्न पनि संस्थाले भूमिका खेलिरहेको बताए । उनले नेपालको विकासमा एनएसंग जोड्न आग्रह गर्दै नेपालीहरु विदेशमा रहेपनि मन र मुटु सधंै नेपालमा नै हुने बताए । कार्यक्रममा उशुका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा एनएका स्र्पोट्स चियर लिड चन्द्र लामाले एनएको टिममा केही सशक्त खेलाडी रहेको भन्दै लामो यात्रा र थकानले खेलाडीमा केही शिथिलता आए पनि आहारारा गोल्डकपको उपाधि लिएर जानका लागि नै टीम मैदानमा उत्रने बताए । नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा एनएका टीम क्यापटेन प्रलय राजभण्डारीले झापा–११ संगको खेल निकै रोमाञ्चक हुने वताए । ‘पोखराको खेल मैदान र परिवेश खेलाडीका लागि नयाँ भएपनि टीममा अमेरिकको प्रतिष्ठत क्लव संग आवद्ध भएका खेलाडी भएकाले हामी जित्नका लागि खेल्ने छांै’ उनले दावी गरे । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा टीम व्यवस्थापन समितिका सदस्य बखन थापा, टिमका प्रशिक्षक सुरज थापा सहभागी थिए । एनए टीम माघ ६ गते झापा ११ संग पोखरा रंगशालामा भिड्दैछ । उनीहरु अमेरिकका स्थित पाँच राज्यबाट ६० मध्ये २० जना खेलाडी छनौट गरि पोखरा खेल्न आएका हुन् । 





Post a Comment

 
Top