0
गोल्डेन न्यूज संवाददाता
धादिङ पारिवारिक समाज लेकसाइड, पोखराले धादिङ मुरलीभञ्ज्याङका रामबहादुर परियारलाई सम्मान गरेको छ । समाजका ज्येष्ठ सदस्य दुवल नारायण श्रेष्ठ, संस्थापक अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार कृष्णबहादुर लम्साल, अध्यक्ष बलराम लम्साल, कार्यक्रम संयोजक गोकर्ण लम्साल लगायतले परियारलाई ४० हजार रुपैयाँ बराबरको जुकी मेशिनसहित सम्मान गरेको हो । परियारले मुरली भञ्ज्याङका केही अग्रजलाई कपडामा बुट्टा भर्ने शिप सिकाएर पोखरामा स्थापित गराउन र अहिलेको पारिवारिक समाज नै स्थापना गराउन भूमिका खेलेको भन्दै गुरुको रुपमा सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व परियारले सम्मानले आफूलाई निकै खुशी लागेको भन्दै पारिवारिक समाजको उत्तरोत्तर प्रगतिको शुभकामना प्रकट गरे । समाजका अध्यक्ष बलराम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ सदस्य दुवल नारायण श्रेष्ठ, संस्थापक अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार कृष्ण बहादुर लम्साल, कार्यक्रम संयोजक गोकर्ण लम्साल र सचिव माधव लम्साल लगायतले समाजको गतिविधि र स्थापना गर्नुको उद्देश्य बारे चर्चा गरेका थिए । उनीहरुको सम्मानित व्यक्तित्व परियार आफूहरुको गुरु र प्रेरणादायी भएको भन्दै उनले लगाएको गुन कहिल्यै भुल्न नसक्ने स्पष्ट पारेका थिए ।  उक्त अवसरमा खपौंदीमा आयोजित रमाइलो वनभोजमा समाजका सदस्यहरु परिवार सहित सहभागी थिए । 




Post a Comment

 
Top